बुधबार, असोज ६ २०७८
काठमाडौं १८:००
वासिङटन डिसी 08:15

क्यालिफोर्नियाको ५५ निर्वाचकीय मत संगै बाइडेनलाई राष्ट्रपति बन्ने बहुमत प्राप्त

इनेप्लिज २०७७ मंसिर २० गते ३:०२ मा प्रकाशित

क्यालिफोर्निया राज्यले आफूसंग भएको ५५ निर्वाचकीय मत बाइडेनलाई प्रदान गरेको छ । शुक्रबार ५५ निर्वाचकीय मतसंगै अब बाइडेनलाई राष्ट्रपति बन्न जुटाउनु पर्ने २७० निर्वाचकीय मत प्राप्त भएको छ ।

बहुमत निर्वाचकीय मत प्राप्त भए पछि व्हाइट हाउसको लागि बहुमत पुगेको छ । राज्य सचिव एलेक्स पाडिलाले औपचारिक रुपमा बाइडेनले जितेको अनुमोदन गरेका छन ।

क्यालिफोर्निया संगै बाइडेनले अहिले नै २७९ ईलेकट्रोरल भोट पाएका छन तर उनलाई केवल २७० निर्वाचकीय मत भए पुग्ने छ ।

आगामी डिसेम्बर १४ का दिन अधिकारिक रुपमा २०२० ओ अमेरिकी राष्ट्रपतिको लागि मतदान हुनेछ ।

श्रोत :एपी

प्रतिक्रिया