बुधबार, माघ ७ २०७७
काठमाडौं १३:३१
वासिङटन डिसी 02:46

महामारीमा उदघाटन समारोह भन्दा मानिसहरुलाई सुरक्षित राख्नु मेरो ध्येय : निर्वाचित राष्ट्रपति जो बाइडेन

इनेप्लिज २०७७ मंसिर १९ गते २३:५८ मा प्रकाशित

निर्वाचित राष्ट्रपति जो बाइडेनले महामारीमा उदघाटन समारोह भन्दा मानिसहरुलाई सुरक्षित राख्नु मेरो ध्येय रहेको बताए । उनलाई आगामी जनवरी २० मा हुने समुदघाटन समारोहमा कसरी मनाउने र कस्तो हुनेछ भन्ने बिषयमा पत्रकारहरुले राखेको जिज्ञाशामा उनले उक्त उत्तर दिएका हुन ।

डिसेम्बर ४ शुक्रबारका दिन डेलावेयर विल्मिङ्गटनमा अमेरिकामा नोभेम्बर महिनामा रोजगारीको अन्तिम प्रतिवेदन बारेमा बोल्ने क्रममा उनले आफूले लिने सपथ ग्रहण समारोह बारेमा समेत केही बताएका थिए ।

नोभेम्बर महिनामा २ लाख ४५ हजारले जागिर प्राप्त गरेको जनाएका छन् भने हाल अमेरिकामा बेरोजगारी ६.७ प्रतिसत रहेको छ । गत अक्टोबर महिनामा बेरोजगारी ६.९ प्रतिसत रहेको थियो ।

उनले जनवरीमा हुने उद्घाटन बारेमा देश अझै पनि कोरोनाभाइरस महामारीको बिरूद्ध लडिरहेको छ । त्यसैले कार्यक्रमहरुमा उपस्थित गराउन सुरक्षित तरीका अपनाइने बताए ।

“पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हामी फेरि विज्ञान, मानिसहरुलाई सुरक्षित राख्न विज्ञहरुका सिफारिसहरुलाई पछ्याइरहेछौं” उनले भने ।

यसको मतलब लाखौं मानिसहरु वाशिंगटन डिसीको नेशनल मलमा भेला हुने सम्भावना नहुन पनि सक्ने बताए । उनले भने परम्परागत “मंच समारोह” हुने सम्भावना रहेको पनि बताए ।

महामारीमा मानिसहरूलाई सुरक्षित राख्नु पर्छ उनको भनाई थियो ।

श्रोत : सिएनएन

प्रतिक्रिया