बुधबार, माघ ७ २०७७
काठमाडौं १३:२६
वासिङटन डिसी 02:41

न्याक बाल संसार कार्यक्रम हुने

इनेप्लिज २०७७ मंसिर १९ गते ११:५८ मा प्रकाशित

नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक) अन्तर्गत अमेरिकामा जन्मेका र सानोमा अमेरिका आएका बालबालिकाहरुको लोकप्रिय कार्यक्रम बाल संसारको मासिक कार्यक्रम हुने भएको छ ।

उक्त कार्यक्रममा बालबालिकाले बिबिध बिषयमा आफ्ना प्रतिभा प्रस्फुटनको साथै कार्यक्रम आफै संचालन गर्दछन । निकै लोकप्रिय रहेको न्याक बाल संसारका बालबालिकालाई हौशला र प्रोत्साहनको खाचो भएकोले सहभागिता जनाउन समुदायलाई यस कार्यक्रमकी संयोजक बिना लामा खड्काले सबैलाई आग्रह गरेकी छिन ।

बाल बालिकाले नेपालीमै आफ्ना कुराहरु भन्ने र कार्यक्रम संचालन गर्दछन जुन हामी सबैको गर्वको कुरा हो ।

कार्यक्रम शनिबार साँझ ५ बजे हुने छ । कार्यक्रमको नाम जेपर्डी (JEOPARDY )भनिएको छ ।

प्रतिक्रिया