बुधबार, माघ ७ २०७७
काठमाडौं १३:१३
वासिङटन डिसी 02:28

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय मा स्वागत कार्यक्रम।

इनेप्लिज २०७७ मंसिर १९ गते ४:४० मा प्रकाशित

न्यूयोर्क,अमेरिका: गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का अध्यक्ष सोमनाथ घिमिरेले आज गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालयमा एक ऐतिहासिक महिला, कविता श्रेष्ठ(मल्ल) लाई खादा लगाई स्वागत गर्नु भयो।ने.का.उपाध्यक्ष आदरणीय बिमलेन्द्र निधि २०३६ सालमा ने.वी. संघको सभापति हुँदा कविता मल्ल ने.वी. संघकी केन्द्रीय सदस्य हुनु हुन थियो।

यस स्वागत कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा, ने.का. रामेछाप जिल्लाका युवा नेता एंव एन.आर. एन. अमेरिकाका अभियन्ता आङ निमा गेल्जे शेर्पा,महिला अधिकार कर्मी मेरिना पराजुली,ऐटोर्नी एट ल (वकिल) लारा ग्रेगोरी लगायतको विशेष उपस्थिती रहेको थियो।

उक्त स्वागत कार्यक्रमको भेटवार्तामा राजनीतिक र सामाजिक विषयमा व्यापक छलफल भएको थियो।यसरी भएको भेटवार्तामा फाउण्डेशनको नयाँ कार्यालय स्थापना गर्नुभएकोमा अध्यक्ष सोमनाथ घिमिरे एवं उपस्थित पदाधिकारीहरु लाई लारा ग्रेगोरीले केक काटेर शुभकामना आदान प्रदान गर्नु भएको थियो।स्मरण रहोस लारा ग्रेगोरी (https://www.filamsforbiden.com/about) Filipino Americans for Biden Harris Northeast Region कि Chair पनि हुनु हुनुहुन्थियो ।

प्रतिक्रिया