डिसीमा १५ महिने बालकको गोली हानी हत्या गर्नेको सूचना दिनेलाई ६० हजार डलर ईनाम दिइने
अमेरिकाको राजधानी डिसीमा १५ महिनाको बालकलाई गोलीहानी हत्या गरिएकोमा डिसी महानगर लगायत सयुक्तरुपमा ६० हजार डलर पुरस्कार दिने भएका छन् । गत बुधबार राती दक्षिणपूर्व डिसी र प्रिन्स जर्ज काउन्टी मेरिल्याण्डको सिमा ईलाकामा उक्त घटना भएको थियो ।
उक्त घटना थाहा पाए पछि प्रहरीहरु त्यहा पुग्दा बेहोस अवस्थामा बच्चा फेला परेका थिए । उनलाई तुरुन्त अस्पताल लागिएको थियो भने जहाँ उनको निधन भएको घोषणा गरिएको थियो ।
डिसी महानगरकि नगर प्रमुख म्युरिएल बाउजरले बिहीबार बिहान एउटा पत्रकार सम्मेलनमा बुधबार राती ९:३५ बजे उक्त घटना भएको बताइन । कारमेलो डनकन नामक बालक भएको उनले जानकारी गराइन ।
सवारी साधन भित्र बसी रहेको समयमा उनलाई कैयौ पटक गोली हानिएको प्रहरी प्रमुखले बताए । उनि यस बर्ष मारिने सबै भन्दा कान्छा भएको जानकारी गराए ।
“असन्तुष्टिको भावनाका लागि कुनै शब्द छैन जुन हामी सबैले सुन्दर बालक करमेलोलाई हामीले गुमाएको महसुस गर्नुपर्दछ,” डिसी महानगरकि नगर प्रमुख बाउजरले भनिन । “हामी हरेक दिन बन्दुक हिंसाको बारेमा धेरै कुरा गर्छौं, र बन्दुकले हाम्रो शहरमा निम्त्याउने विनाश र पीडाको बारेमा।”उनले थपिन ।
“यो एक अतुलनीय त्रासदी हो,” डिसी प्रहरी प्रमुखले भने। उनले थपे कि, करमेलो परिवारका लागि, “हामीले तपाईंको पीडा समाधान गर्नका लागि कार्य गर्न सक्ने एक मात्र कुरा भनेको जिम्मेवार व्यक्ति वा व्यक्तिहरू भेट्टाउनु हो।”
६० हजारको पुरस्कार डिसी महानगर ,एफबिआइ र एटिएफले सयुक्त रुपमा प्रदान गर्ने बताईएको छ ।
श्रोत : डब्लुटिओपी
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया