अपाङ्ग मैत्री प्रदेश निर्माणमा जोड–मन्त्री घिमिरे

इनेप्लिज २०७७ मंसिर १८ गते २२:४७ मा प्रकाशित

विराटनगर,१८ मङ्सिर।प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्ग मैत्री प्रदेश निर्माणमा जोड दिएको बताउनु भएको छ।

अन्तराष्ट्रिय २९ औं अपाङ्ग दिवसको अवसरमा आज शुभकामना एक सन्देश दिनुहुँदै मन्त्री घिमिरेले अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रमको माध्यमबाट अपाङ्ग मैत्री प्रदेश निर्माणमा सरकार अघि बढेको सन्देशमा उल्लेख गर्नु भएको छ।

उहाँले १३७ वटै स्थानीय तहमा करुणा फाउण्डेसनसँगको सहकार्यमा अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रम सञ्चालन भइरहेको बताउदै सरकारको प्रतिबद्धतालाई साकार पार्न राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश तथा प्रदेशमा रहेका सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, निजी क्षेत्र,सरोकारवाला व्यक्ति लगायत सम्वन्ध पक्षलाई हाते मालोका लागि पनि आग्रह गर्नुभयो।

मन्त्री घिमिरेले प्रदेश सरकार गठन भएको तीन बर्षको अवधिमा अपाङ्गताका विषयमा उदाहरणीय कार्य गरेको बताउनु हुँदैे अहिले प्रदेश स्तरीय नीति तर्जुमाको तयारीमा रहेको सन्देशमा उल्लेख गर्नु भएको छ।

मन्त्री घिमिरेले सडक आश्रित मानवहरुको उद्धार तथा पुर्नस्थापना, अपाङ्गता भएका व्यक्तिहरुका लागि सूचना,सहायता र परामर्श सेवाको सञ्चालन, प्रदेश स्तरिय अपाङ्गता समन्वय समित गठन लगायतका कार्य गरिएको बताउनु भयो।

उहाँले अपाङ्गता अधिकार सम्वन्धि महासन्धि व्यवस्थाको कार्यन्वयन,अपाङ्गता अधिकार सम्वन्धि ऐन २०७४ मा उल्लेख भएका प्रावधान कार्यन्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गर्नु भएको छ।

 

प्रतिक्रिया