बुद्धोदय सहकारीद्धारा रु आठ करोड ऋण लगानी

इनेप्लिज २०७७ मंसिर १८ गते २२:२८ मा प्रकाशित

विराटनगर,१८मङ्सिर।विराटनगर–३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा रु ८ करोड १३ लाख ३३ हजार ३६२ ऋण लगानी गरी रु १ करोड ५८ लाख मुनाफा आर्जन गरेको छ।

मर्यादित,श्रम र पर्यटनको लागि सहकारी नाराका साथ १२ औं स्थापना दिवस तथा बार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनमा सहकारीले गत आर्थिक बर्ष २०७६ः७७ मा रु ८ करोड ५५ लाख १७ हजार ९८८ निक्षेप संकलन गरेको उल्लेख गरिएको छ।

सहकारीले शेयर सदस्यहरुलाई रु एक लाख वरावरको जीवन विमा गर्नुका साथै २९ जना जेष्ठ सदस्यहरुलाई कोरोना विमा गरेको सोही अवसरमा बताइयो ।

सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद खनालले विस २०६५ मा ६३ जना शेयर सदस्यले रु १२ लाख ६० हजार शेयर पुँजी उठाई शुरु गरेको सहकारीमा अहिले शेयर सदस्य ७३७ मध्ये महिलाको सङख्या ४०४ रहेको र शेयर पूँजी रु १ करोड ९३ लाख ५३ हजार २०० पुगेको जानकारी दिनुभयो।

सहकारीले व्यापार, पशुपालन, कृषि,वैदेशिक रोजगार,सवारी साधन खरिद,शैक्षिक कर्जा,जग्गा खरिद,घर निर्माण लगायतको क्षेत्रमा कर्जा प्रवाह गर्दै आएको लेखा समिति संयोजक अविनास निधिले बताउनुभयो।

प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, विराटनगर उड्डयन कार्यालयका प्रमुख उत्सवराज खरेल,मानगढ खानेपानीका अध्यक्ष राम घिमिरेले रोजगारी वृद्धिका लागि उद्यमशिलता एवं व्यवसायिक कृषिमा लगानी गर्न आग्रह गर्नु भयो।

 

प्रतिक्रिया