बुधबार, माघ ७ २०७७
काठमाडौं १२:०२
वासिङटन डिसी 01:17

डिसीमा एक बर्षका बालकको गोलीबारी हुँदा मृत्यु

इनेप्लिज २०७७ मंसिर १८ गते १२:०९ मा प्रकाशित

अमेरिकाको राजधानी डिसीमा एक बर्षका बालकको गोलीबारी हुँदा मृत्यु भएको छ । गत बुधबार राती दक्षिणपूर्व डिसी र प्रिन्स जर्ज काउन्टी मेरिल्याण्डको सिमा ईलाकामा उक्त घटना भएको प्रहरीले जनाएका छन ।

उक्त घटना थाहा पाए पछि प्रहरीहरु त्यहा पुग्दा बेहोस अवस्थामा बच्चा फेला परेका थिए । उनलाई तुरुन्त अस्पताल लागिएको थियो भने जहाँ उनको निधन भएको घोषणा गरियो ।

डिसी महानगरकि नगर प्रमुख म्युरिएल बाउजरले एक वक्तव्यमा भनिन “हाम्रो शहरले महसुस गर्ने क्षतिको भावनाका लागि त्यहाँ कुनै शब्द छैन।” “हामी मूर्खहीन बन्दुकको हिंसा सहन सक्दैनौं, र यसको उन्मूलन गर्न हामीले के गर्नुपर्दछ भनेर कडा कुराकानी गर्न हामी सँगै आउनु पर्छ।”

“हाम्रो ध्यान र प्रार्थनाहरू हामीले गुमाएको स्वर्गदूत, उसका प्रियजन र यस भयानक नोक्सानीको पीडितलाई थाहा छ।” उनले भनिन ।

डिसी प्रहरी प्रमुख पिटर न्युशामका अनुसार उक्त बच्चा बुवासंग कुदी रहेको गाडीमा थिए । प्रहरीले यसै सिलसिलामा गाडा खैरो रंगको एसयुभी जातको सवारी साधनको खोजी गरि रहेको छ ।

प्रहरी प्रमुखक आनुसार दुवै गाडी गुडी रहेको समयमा गोली हानिएको हुन् सक्ने बताए ।

श्रोत :डब्लुटिओपी डटकम

प्रतिक्रिया