बुधबार, माघ ७ २०७७
काठमाडौं १२:३२
वासिङटन डिसी 01:47

अमेरिकामा एकैदिनमा कोरोनाबाट अहिले सम्म कै सर्वाधिक ३१५७ जनाको मृत्यु ,२ लाख संक्रमित

इनेप्लिज २०७७ मंसिर १८ गते ११:३४ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७० जना पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले उल्लेख गरेको छ ।

यसै गरि एकैदिनमा ३ हजार १ सय ५७ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । गत बुधबार डिसेम्बर २ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो ।

उक्त मृत्युको संख्या महामारी सुरु भए यता सबै भन्दा ज्यादा मृत्यु सख्या हो । गत अप्रिल १५ मा २ हजार ६ सय ३ जनाको ज्यान गएको थियो भने उक्त संख्यालाई पनि तोडेको छ ।

लगातार ३० औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नयाँ थप कोरोना संक्रमितहरु थपिदै गै रहेको तथ्यांक सार्वजनिक भएको छ । हाल सम्म कूल १४ करोड १ लाख ७२ हजार ३ सय ८८ मानिसहरु संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४८ लाख ६७ हजार ९ सय ६७ पुगेको छ । हाल सम्म कूल मृत्यु हुनेको संख्या २ लाख ७७ हजार ९ सय ९४ पुगेको छ ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया