प्रकाश स्लिमको अर्को उपलब्धि : अमेरिकामा नेपालको नक्सासहित उनकै नामको टिसर्ट ।
काठमाडौं– संगीतको एउटा लोकप्रिय विधा कन्ट्रि ब्लूजमा अन्तर्राष्ट्रिय सेलिब्रेटिको रुपमा स्थापित नेपाली संगीतकर्मी प्रकाश स्मिल पोखरेलले आफ्नो सांगीतिक करियरमा अर्को एउटा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् ।
अमेरिका, यूरोप तथा अस्ट्रेलियामा कन्ट्रि ब्लूज संगीतकर्मीको रुपमा लोकप्रिय प्रकाश स्मिललाई उनको सांगीतिक योगदानको सम्मान गर्दै उनको देश नेपालको नक्सा सहित उनको नाम अंकित टिसर्ट अमेरिकामा सार्वजनिक गरिएको छ ।
महिला तथा पुरुषले लगाउन मिल्ने ती टिसर्टका विभिन्न १० वटा मोडलहरु आजदेखि अनलाइनमा विक्रिका लागि राखिएको गायक तथा संगीतका प्रकाश स्लिमले कलाकर्मी डटकमलाई जानकारी गराएका छन् ।
संगीतकर्मी स्लिमका अनुसार अमेरिकाको शिकागोस्थित ब्लूज संगीतको ग्राफिक, टिज र ब्याण्ड मर्चेन्डाइज वाङ डाङ डूडल टीजले उनको नाम तथा नेपालको नक्सा अंकित टिसर्टहरु डिसेम्बर ३ अर्थात आजैका दिनदेखि अनलाइन सपिङमार्फत बजारमा ल्याएको हो ।
संगीतकर्मी स्लिमका अनुसार ती टिसर्टहरु विश्वको हरेक देशबाट अनलाइन सपिङ गर्न सकिन्छ ।
‘विश्वभरी नै सिपिङको व्यवस्था गरिएको छ, गायक स्मिलका अनुसार वाङड्याङले उनको नाममा छुट्टै वेबसाइट नै बनाइदिएको छ ।
‘यो मेरो लागि मात्र होइन, एउटा नेपाली कलाकार तथा नेपालकै लागि ऐतिहासिक दिन हो, संगीतकर्मी स्मिलले खुशी व्यक्त गर्दै भनेका छन्-‘संगीतका अन्तर्राष्ट्रिय सेलिब्रेटीहरुले मात्र यो सम्मान पाइरहेका छन् । अमेरिकाले मलाई अन्तर्राष्ट्रिय सेलिब्रेटीको मान्यता दिनु पनि आफैंमा एउटा ठूलो सम्मान हो । यसबाहेक मैले आफ्नो नामसंग देशको नक्सा समेत समावेश गर्न पाएकोमा अझ बढी गौरवको अनुभव भैरहेको छ ।’
रमाइलो कुरा के छ भने वाङड्याङले प्रकाश स्मिलको नाम तथा नेपालको नक्शा अंकित प्रत्येक टिसर्टको मूल्य २५ अमेरिकी डलर राखेको छ ।
‘मेरो नाम समावेश गरे वापत उनीहरुले मलाई रोयल्टि दिने भनेका छन्, संगीतकर्मी स्लिमले प्रत्येक टिसर्ट विक्रीबाट संकलन भएको एउटा निश्चित रकम आफूले रोयल्टि स्वरुप प्राप्त गर्ने बताएका छन् ।
‘वास्तवमै आज मेरो लागि एउटा इतिहास बनेको दिन हो जस्तो लागेको छ, संगीतकर्मी स्मिल भन्छन्-‘अन्तर्राष्ट्रिय सांगीतिक क्षेत्रमा मेरा प्रशंसकहरु यति धेरै भैसक्नु भएको रहेछ, कम्प्युटर र मोबाइलको वालपेपरमा मेरा तस्बिर राखेको स्क्रिनसट समेत प्रसस्तै भेटेको छु । खासगरी अमेरिका, यूरोप, बेलायत, क्यानडा, दक्षिण अमेरिका तथा अष्ट्रेलियाका कन्ट्रि ब्लूज प्रेमीहरुले मेरा तस्बिरहरु आफ्नो डिभाइसको वालपेपर बनाउनु भएको पाएको छु ।’
लामो समयदेखि कन्ट्रि ब्लूज संगीतमा सक्रिय प्रकाश स्लिमले पश्चिमा देशहरुमा आफ्नो राम्रो सांगीतिक प्रभाव पारेका छन् ।
उनका अधिकांश गीतहरु अमेरिका, यूरोप तथा अष्ट्रेलियाको रेडियोहरुमा प्रसारण भैरहेका हुन्छन् ।
पछिल्लो पटक उनका तीन गीतहरु लिभिङ फर द मेमोरी, ब्लूज रागा तथा कोरोना ब्लूज त रेभर्नेशनमा ट्रेन्डिङ मै पर्न सफल भएका थिए ।
यसबाहेक डब्ल्यू ए बिजी रेडियो, अमेरिकामा प्रकाश स्मिलको संवादसहितका जिंगलहरु समेत प्रसारण भैरहेका छन् । बेलायतको रेसोनेन्स एफएममा पनि उनका गीतहरु प्रसारण भैरहेका छन् ।
यसबीच भोलि उनी अर्जेन्टिनाको ब्लूज फेस्टिभल एन एल रियोमा आफ्नो प्रस्तुती दिनेछन् भने डिसेम्बर १३ मा अमेरिकाको कान्ट स्टप द ब्लूजमा पनि आफ्नो प्रस्तुती दिनेछन् ।
विश्वभरीका कन्ट्रि ब्लूज पारखीका प्रिय बनिरहेका संगीतकर्मी प्रकाश स्लिम पोखरेललाई कलाकर्मी डटकमको तर्फबाट हार्दिक वधाइ ।
– कलाकर्मी डटकम बाट
https://wangdangdoodletees.com/prakash-slim/
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया