झन् झन् माया बढ्यो ( न तिमीले भन्यौ, न मैले भने ) गीत सार्बजनिक

इनेप्लिज २०७७ मंसिर १८ गते १०:५९ मा प्रकाशित

गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ।‘झन् झन् माया बढ्यो’ बोलको गीतमा संगीतकार सुनिल मास्केको शब्द तथा संगीत रहेको छ भने सचिन सिंहको संगीत संयोजन रहेको छ।

लामो समय देखि बेल्जियममा बस्दै आएका गायक तथा समाज सेवी नारायण धिताल डेढ दशक देखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय छन्। यस अघि धितालका थुप्रै गीतहरू सार्वजनिक भई सकेका छन्। भिडियोमा नरेश भट्टराई र एलिजा गौतमको अभिनय रहेको छ । यसको निर्देशन युबराज वाइवाले गरेका हुन्। भिडियो गायकको आफ्नै च्यानल यु ट्युब च्यानल खुसीको पल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया