एफबीआई गुप्तचरमाथि गोली प्रहार ,ओहायो हत्या काण्डका संदिग्ध लुजियानामा मारिए
अमेरिकाको लुजियानामा एक एफबीआई एजेन्ट(गुप्तचर )लाई गोली हानिएको छ भने यसै शिलशिलामा ओहायो हत्या काण्डका संदिग्धको प्रहरीद्वारा मारिएका छन् ।
जब गुप्तचरले उक्त संदिग्ध व्यक्तिको सर्च वारंट (गिरफ्तारीको हुकुम )जारी गरि खोजमा निस्केका थिए जहाँ पीडितको घरबाट उक्त संदिग्धले छोरीलाई पनि अपहरण गरेको सूचना प्राप्त गरेका थिए ।
खोजीको सिलसिलामा उक्त संदिग्ध संग जम्का भेट हुँदा एफबीआई एजेन्ट घाइते भएका थिए । अपहरणमा परेकी महिला सुरक्षित लुजियानाको एक अतिथि गृहमा फेला परेकी छिन ।
लुइसियानाको पाइनभिलमा मंगलबार गोलीबारीपछि घाइते एजेन्टलाई अस्पताल लगिएको थियो। एफबीआईले बुधबार ओहायोमा पत्रकार सम्मेलनको बेला उक्त जानकारी दिएका थिए भने गुप्तचरको अवस्था बारेमा भने थाहा नभएको बताएका थिए ।
अधिकारीहरूले क्लेभल्याण्डका ४७ बर्षिय जेम्स हले र ४५ वर्षीय निकोल ब्रोनोव्स्कीलाई खोजी गरिरहेका थिए।
ओहायोको एक्रोन बाल अस्पतालमा कार्यरत स्वास्थ्य परिचारिका (नर्स) की आफ्नी ६९ वर्षीया आमा नोर्मा मटको ओहियो स्थित घरमा धन्यबाद दिवसमा गोली हानी मारिएको अवस्थामा भेटिएकी थिइनन्। त्यहा देखि उनि हराई रहेकी थिइन् । अधिकारीहरूका अनुसार हले र ब्रोन्वस्की बीच पहिले सम्बन्ध रहेको जनाएका छन् भने यद्यपि उनीहरूले यस बिषयमा विस्तृत ब्याख्या भने गरेनन ।
श्रोत :एबिसी न्युज
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
बाइडेनले जर्जियामा बचनबद्ध गरेको कोरोना राहत सहयोग स्वरुप २ हजार डलर दिने योजना प्रस्ताव
मेरिल्याण्ड एनइसिसी-पशुपति बुद्ध मन्दिर द्वारा माघे संघ्रान्ति तथा माघीको हार्दिक मंगलमय शुभकामना
ट्रम्पलाई लगाईएको दोश्रो महाअभियोग अव सिनेटमा जो बाइडेनको सपथ पछि कारवाही हुने
प्रतिक्रिया