भर्जिनिया आर्लिंगटनमा ३० बर्ष अगाडी बलत्कार गरेको आरोपमा संदिग्ध व्यक्ति प्रकाउ
अमेरिकाको भर्जिनिया राज्यको आर्लिंगटनमा तीस बर्ष अगाडी बलत्कार गरेका एक संदिग्ध व्यक्तिलाई प्रकाउ गरिएको छ । झन्डै ३० बर्ष अगाडी घटेको घटनालाई प्रहरीहरुको निरन्तर प्रयास पछि उनीहरुलाई ठूलो सफलता हासिल प्राप्त भएको छ । उनलाई गत मंगलबार उनकै घरबाट पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार उक्त बलात्कारीले खसाएको बेसबल टोपी र डिएनए (आनुवंशिक वंशावली)ले गर्दा उक्त पुरानो घटना पत्ता लगाउन सजिलो भएको थियो ।
प्रक्राउ परेका संदिग्ध व्यक्ति हाल ६३ बर्ष पुगेका छन् भने उनको नाम माइकल एफ थोमसन भएको प्रहरीले जनाएका छन् । भर्जिनियाको मोनट्रोसबाट उनलाई पक्राउ गरिएको हो ।
उनले भर्जिनियाको पूर्व फल्स चर्च को एक मेट्रो स्टेसन(रेल चौकी)नजिक सन् १९९१ मा दुई घटनामा जबर्जस्ति ,अपहरण र बन्दुकको प्रयोग गरि दुई महिलालाई बलत्कार गरेकोमा आरोप लगाईएको आर्लिंगटन प्रहरीले जानकारी दिएका छन ।
तेश्रो मामलामा महिलाको टाउकोमा बन्दुक देखाई निवस्त्र हुन हुकुम दिएर उनि भागेका थिए । त्यही डिसेम्बरमा बन्दुक सहितको उनि स्टेशन नजिक महिलाको छेउमा पुग्दा महिला चिच्याएकी थिइन् र उनि भागेका थिए । तर उनले बेसबल टोपी खसालेका थिए ।
उक्त फेला परेको टोपीबाट डिएनएन सङ्कलन गरिएको थियो जुनचाही जनवरी र फेब्रुअरी १९९१ मा भएको आक्रमणबाट बरामद गरिएको डीएनएसँग मेल खाएको थियो ।
सन् २०१७ मा डीएनएलाई फेनोटाइपिंग(समलक्षणी)र आनुवंशिक वंशावली सहित थप विश्लेषणका लागि पुनः पेश गरिएको प्रहरीले जानकारी दिए । जसको परिणामस्वरूप थप जानकारीले जासूसीहरूलाई थोमसन संग पुराउन मदत मिलेको थियो ।
“विस्तृत अनुसन्धानको प्रयासको साथ अदालती प्रमाणले उक्त संदिग्ध व्यक्तिलाई १९९१ को घटनासँग जोडेको छ,” प्रहरीले बुधबार एक विज्ञप्तिमा उक्त कुरा उल्लेख गरेका छन् ।
हाल उनलाई उनी अर्लिंगटन काउन्टी कारागारमा बिना धरौटी राखिएको छ।
श्रोत : एनबीसी वाशिंगटन डटकम
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
बाइडेनले जर्जियामा बचनबद्ध गरेको कोरोना राहत सहयोग स्वरुप २ हजार डलर दिने योजना प्रस्ताव
मेरिल्याण्ड एनइसिसी-पशुपति बुद्ध मन्दिर द्वारा माघे संघ्रान्ति तथा माघीको हार्दिक मंगलमय शुभकामना
ट्रम्पलाई लगाईएको दोश्रो महाअभियोग अव सिनेटमा जो बाइडेनको सपथ पछि कारवाही हुने
प्रतिक्रिया