नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रेस- विज्ञप्ति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नो गृह जिल्ला तनहुमा स्थानीय जनताको माग र उपभोक्ता समितिको निमन्त्रणामा आज व्यास नगरपालिका वडा नं १० बुल्दी खोलाको मोटरवल पुल उदघाटनको क्रममा सरकारले गरेको अवरोध, धरपकड र गिरफ्तारी प्रति नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भर्त्सना गर्दछ ।
नेकपा सरकारकले राज्य सत्ताको चरम दुरूपयोग गर्दै,नेपाली जनता माथि लाठि चार्ज गर्ने बल प्रयोग गरी कार्यक्रमलाई बिथोल्ने र फरक बिचार बोकेका नेता, कार्यकर्तामाथि निर्मम दमन र दुर्ब्यवहार गर्ने सरकारको यस्ता सर्वसत्तावादी चिन्तन र व्यवहार घोर निन्दनीय असैय भएको ठहर गर्दै, नेपाली जनसम्पर्क समिति अमेरिका यस घटना प्रति गम्भीर खेद प्रकट गर्दछ ।
त्यसैले तत्काल सरकारले गरेका यस्ता कुकृत्य प्रति माफी माग्दै, नेकाका वरिष्ठ नेता लगायत हिरासतमा भएका सबै नेताहरूलाई ससम्मान रिहाइ गर्न समिति सरकार समक्ष जोडदार माग गर्दछ ।
साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, लोकतन्त्र र कनुनी राज्यको धज्जी उडाउने नेकपा सरकारको यस्ता रवैया, अधिनायकवादी सोच र घटनाको बिरूद्धमा सम्पूर्ण देश विदेशमा छरीएर रहेका लोकतन्त्रवादी नेपाली जनताहरू आन्दोलित हुन र लोकतन्त्र र कानुनी राज्यको रक्षार्थ एकजुट हुन नेपाली जनसम्पर्क समिति अमेरिका सबैमा बिनम्र आग्रह गर्दछ।
धन्यवाद , जय नेपाल ।
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया