बुधबार, माघ ७ २०७७
काठमाडौं १२:१६
वासिङटन डिसी 01:31

राससको क्यालिफोर्निया समाचारदाता (स्ट्रिङ्गर)मा डोल्मा लामा नियुक्त

इनेप्लिज २०७७ मंसिर १७ गते १५:१२ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया डेटलाईनमा समाचार सम्प्रेषण गर्ने गरि राष्ट्रीय समाचार समिति (National News Agency) ले स्थानीय समाचारदाता (स्ट्रिङ्गर)मा क्यालिफोर्निया निबासी डोल्मा लामालाई नियुक्त गरेको छ ।

नेपालको दोलखा स्थित तामाङ समुदायबाट छुट्टै संघर्ष गर्दै हाल उनि अमेरिकन युनिभर्सिटि सोभरिगन न्यासन्,एरिजोनाबाट विध्या वारिधि समेत गरि रहेकी छिन ।

सरलता, स्पष्टता र आत्मविश्वास बोकेकी लामा अमेरिकाको ब्यस्त जीवनको बाबजुद पनि बचेको केही समयलाई सदुपयोग गर्दै पत्रकारिताको माध्यमबाट नेपाली अन्तर्राष्ट्रीय डायस्पोरामा सामाजिक रुपान्तरणको निम्ति आफूले सकेको योगदान पुर्याईरहेकी छिन् ।

र ,साथै सामाजिक भावनाका साथ विभिन्न रचनात्मक गतिविधिहरुमा अगाड़ी बढिरहेकी छिन्। सचांरकर्मी लामाले राससलाई उच्च प्राथमिकता दिई जिम्मेवार बहन गर्ने छिन भन्ने विश्वासको साथ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

प्रतिक्रिया