नर्थ क्यारोलिना च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७७ मंसिर १७ गते १२:१० मा प्रकाशित

आदरणीय गैर आवासीय नेपाली आमा बुवा दाजु भाई तथा दिदि बहिनी हरु सम्पूर्णमा
हार्दिक नमस्कार !

नर्थ क्यारोलिना च्याप्टरको आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रम मा हजुरहरुको अभुतपुर्व र उत्साहपूर्ण उपस्थितिले हामीलाई सामाजिक कार्य गर्न थप हौसला प्रदान गरेको छ l यहाहरुको गरिमामय उपस्थिति हुदाहुदै पनि समय अभावका कारणले केहि इच्छुक महानुभाव हरुले रक्तदान मा सहभागी हुन नपाएकोमा हामी क्षमा चाहन्छौ ।

कोरोना भाइरस महामारीको असहज र प्रतिकुल अबस्थामा पनि रक्तदान जस्तो पुण्यकार्यमा सहभागी हुनुहुने सामाजिक अभियन्ता,ब्यापारी, बुद्धीजीबी स्थानीय संघसस्थाका प्रतिनिधि ज्युहरु ,जनसम्पर्क समितिका पदाधिकारी ज्युहरु, एन आर एन का सल्लाहकार ज्युहरु र पूर्व पदाधिकारीज्युहरु लगायत रक्तदान गर्नु हुने महानुभावहरु प्रति आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छौ ।

आफ्नो अमुल्य समयका बावजुद हाम्रो रक्तदान कार्यक्रममा उपस्थित हुनुहुने गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद अमेरिकाका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बुद्दी सुबेदि ज्युलाई बिशेष धन्यवाद दिन चाहन्छौ र यस कार्यक्रममा का अतिथि न्युयोर्क च्याप्टरका सभापति रामहरी अधिकारी ज्यु तथा अन्य राज्य बाट उपस्थित सम्पूर्ण साथीहरु लाई समेत धन्यवाद दिन चाहन्छौ र आगामी दिनमा यस्तै गरि सामाजिक कार्यका लागि हजुरहरु सबैको साथ सहयोग र समर्थन का लागि हार्दिक अनुरोध गर्दछौ I

सचिव
बासुदेव भट्ट
तथा
गैर आवासीय नेपाली संघ
नर्थ क्यारोलिना च्याप्टर परिवार

प्रतिक्रिया