बुधबार, माघ ७ २०७७
काठमाडौं १२:५७
वासिङटन डिसी 02:12

अमेरिकामा एकैदिनमा कोरोनाबाट २५९७ जनाको मृत्यु ,१ लाख ८० हजार संक्रमित

इनेप्लिज २०७७ मंसिर १७ गते ११:४४ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ८० हजार ८३ जना पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले उल्लेख गरेको छ ।

यसै गरि एकैदिनमा २ हजार ५ सय ९७ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । गत मंगलबार डिसेम्बर १ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो ।

उक्त मृत्युको संख्या महामारी सुरु भए यता दोश्रो सबै भन्दा ज्यादा मृत्यु सख्या हो । गत अप्रिल १५ मा २ हजार ६ सय ३ जनाको ज्यान गएको थियो ।

लगातार २९ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नयाँ थप कोरोना संक्रमितहरु थपिदै गै रहेको तथ्यांक सार्वजनिक भएको छ ।

हाल सम्म कूल १३ करोड ९ लाख ६९ हजार मानिसहरु संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४८ लाख १० हजार ५ सय ३५ पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ७५ हजार १ सय ७६ पुगेको छ ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया