शनिबार, माघ ३ २०७७
काठमाडौं ०३:०४
वासिङटन डिसी 16:19

विलियम बारले भने राष्ट्रपति निर्वाचनमा व्यापक जालसाजीको कुनै प्रमाण फेला पारिएको छैन

इनेप्लिज २०७७ मंसिर १७ गते २:३५ मा प्रकाशित

 

न्याय विभागका विलियम बारले राष्ट्रपति निर्वाचनमा व्यापक जालसाजीको कुनै प्रमाणहरु फेला नपरेको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका अत्यन्तै निकटतम बारले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा उक्त कुरा भनेका हुन् ।

गत महिनामा सम्पन्न राष्ट्रपति चुनावको नतिजा बदल्न सक्ने व्यापक धोखाधडीको आरोपलाई समर्थन जुटाउने कुनै प्रमाणहरू फेला नपरेको अटर्नी जनरल (महान्यायाधिवक्ता) बारले मंगलबार डिसेम्बर १ का दिन भनेको जनाएको छ ।

एपीलाई अन्तर्वार्तामा न्याय बिभाग र एफबिआई गुप्तचरहरुले चुनावमा धाधली भएका भनिएका उजुरी दाबीहरू सम्बन्धि काम गरि रहेको बताएका छन् । समग्रमा कुनै प्रमाण फेला नपरेको उनको भनाई रहेको छ ।

श्रोत :एपी

प्रतिक्रिया