अमेरिकाकै उत्कृष्ट उच्च बिद्यालयमा भर्जिनियाको थोमस जेफर्सन शीर्ष स्थानमा
अमेरिका भरिका बिद्यालयहरु मध्येमा भर्जिनियाको थोमस जेफर्सन माध्यमिक बिद्यालय संख्या एक शीर्ष स्थानमा पर्न सफल भएको छ । युएसन्यूज डटकमले गरेको उक्त सर्वेक्षणमा २४ हजार भन्दा ज्यादा बिद्यालयहरुलाई संलग्न गराइएको थियो ।
डिस्ट्रिक अफ कोलम्बिया(डिसी)लगायत ५० वटै राज्यलाई समावेश गराईएको थियो । करीव १८ सय बिद्यालयहरुका मुख्यतया उनीहरूको छ वटा कारकहरूको प्रदर्सनको आधारमा उनीहरुलाई उक्त दर्जा दिइएको थियो । तिनीहरूले महा-बिद्यालय(कलेज)जानका लागि विद्यार्थीहरूलाई कत्ति राम्रोसँग तयारी गर्दछन भन्ने समेतलाई आधार बनाईएको थियो ।
भर्जिनियाको थोमस जेफर्सन बिज्ञान तथा प्रविधि माध्यमिक बिद्यालय शीर्ष स्थानमा परेको छ । जहाँ जाँचमा सफल हुने १०० प्रतिसत ,महाबिद्यालयको लागि तयारी पनि १०० प्रतिसत र नामांकन संख्या १,७८६ रहेको छ ।
कूल अल्पसंख्यक नामांकन ७९ प्रतिसत छ भने २ प्रतिसत विद्यार्थी आर्थिक हिसाबले वंचित रहेका छन्। विज्ञान र प्रविधिको लागि थोमस जेफरसन उच्च विद्यालय फेयरफेक्स काउन्टी पब्लिक स्कूलको १-३० उच्च विद्यालयहरू मध्ये प्रथम हो ।
यसै गरि दक्षिण क्यारोलाइनाको एकडेमी म्याग्नेट हाइस्कुल दोश्रो भएको छ भने टेनेसीको हेनडरसनको मेरोल हाइड म्यगेंत स्कुल तेश्रो स्थान ओगट्न सफल भएका छन् ।
श्रोत :युएसन्युज डटकम
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
बाइडेनले जर्जियामा बचनबद्ध गरेको कोरोना राहत सहयोग स्वरुप २ हजार डलर दिने योजना प्रस्ताव
मेरिल्याण्ड एनइसिसी-पशुपति बुद्ध मन्दिर द्वारा माघे संघ्रान्ति तथा माघीको हार्दिक मंगलमय शुभकामना
ट्रम्पलाई लगाईएको दोश्रो महाअभियोग अव सिनेटमा जो बाइडेनको सपथ पछि कारवाही हुने
प्रतिक्रिया