बुधबार, माघ ७ २०७७
काठमाडौं १२:१३
वासिङटन डिसी 01:28

अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ५८ हजार संक्रमित,११७२ जनाको मृत्यु

इनेप्लिज २०७७ मंसिर १६ गते ११:३४ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ५७ हजार ९ सय १ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले उल्लेख गरेको छ ।

यसै गरि एकैदिनमा १ हजार १ सय ७२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । गत आइतबार नोभेम्बर ३० का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो ।

लगातार २८ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नयाँ थप कोरोना संक्रमितहरु थपिदै गै रहेको तथ्यांक सार्वजनिक भएको छ ।

हाल सम्म कूल १३ करोड ७ लाख ७१ जार मानिसहरु संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४७ लाख ३ हजार ५ सय ७९ पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ७२ हजार ६ सय ६० पुगेको छ ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया