बुधबार, माघ ७ २०७७
काठमाडौं १०:१९
वासिङटन डिसी 23:34

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय मा स्वागत कार्यक्रम।

इनेप्लिज २०७७ मंसिर १६ गते २:४३ मा प्रकाशित

न्यूयोर्क, अमेरिका: गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले ने.का. महासमिति सदस्य-पाल्पा एवं पुर्व ने.वी. संघ केन्द्रीय सदस्य(निर्वाचित)हिमाल दत्त श्रेष्ठ लाई स्वागत गर्नु भयो। यस स्वागत कार्यक्रममा यसै फाउण्डेशन की केन्द्रीय सदस्य एंव महिला संयोजक दावा शेर्पाले हिमाल दत्त श्रेष्ठ लाई खादा लगाइ आसन ग्रहण गराउनु भएको थियो भने फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा, ने.वी. संघ अर्घखाचीं जिल्लाका पुर्व अध्यक्ष बाल कृष्ण श्रेष्ठ,त्रिभुवन बहुमखी क्याम्पस-पाल्पा ने.वी. संघ का पुर्व सचिव राजन पौडेल, ने.वी. संघ अमेरिकाका पुर्व अध्यक्षप्रभात सापकोटा लगायतको विशेष उपस्थिती रहेको थियो।

उक्त स्वागत कार्यक्रमको भेटवार्तामा राजनीतिक र सामाजिक विषयमा व्यापक छल्फल भएको थियो। यसरी भएको भेटवार्तामा फाउण्डेशनको नयाँ कार्यालय स्थापना गर्नुभएकोमा अध्यक्ष सोमनाथ घिमिरे एवं उपस्थित पदाधिकारी हरुलाई ने.का. महासमिति सदस्य श्रेष्ठले आफु अत्यन्त गौरवान्वितभएको छु भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया