सियोना बचाऊ अभियानमा अभूतपूर्व सहभागीता हुदै,सहयोगी बनौ
सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको सानी नानी सियोना श्रेष्ठ बचाऊ अभियानमा बिश्वका हरेक कुना काप्चाबाट मनकारी मन भएका नेपाली समुदायले अभूतपूर्व रुपमा सहयोग गरि रहेका छन् । र ,यो क्रम जारी छ र उनको उपचारमा लाग्ने २५ करोड जुटाउन अभियान सशक्त लागि परेका छन् । यत्र तत्र सर्वत्र उनलाई सहयोग गर्न मनकारी र सहयोगी मन अगाडी आई रहेका छन् ।
एक बालिकाको जीवन उद्धारको लागि दानविरहरुले ठूलो सहयोग गरि रहेका छन् । हाल सम्म २५ करोड लक्ष्य बोकेर हिडेको अभियानले करिव १५ करोड जुटाउन सफल भएको छ ।
सारा संसार कोष वृद्धि अभियानमा जुट्न थालेका छन् । सियोनाको उपचार नेपालमा सम्भव नभएकोले उपचार गर्न करीब २५ करोडको खर्च लाग्ने हुनाले यति सियोनाको बुवाआमाले सामाजिक संजाल मार्फत सहयोगको अपेक्षा र अपिल अझ पनि गरिरहेका छन ।
अझै शक्त सहयोगको जरुरत छ । सानी नानी सियोनालाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मस्कुलर एट्रोफी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लागेको छ । जुन रोगका कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने हुन्छ ।
मृत्यु जित्न संघर्ष गरिरहेकी सियोनाको जीवन रक्षाको अपिल र कामना गर्दै देशबिदेशका हरेक कुनामा रहेका सबैले सहयोग गरिरहेका छन ।
सियोनको उपचार २ वर्ष उमेर भित्रमा गरि सक्नुपर्ने र छिटो गर्दा अझ राम्रो हुने चिकित्सकहरुको बताएका छन् । नेपालमा उपचार सम्भव नभएपछि सियोनाका बुवाआमा हाल उनिसंगै उपचारको लागि पोल्यान्ड वार्सामा छन् । बालिकाको हाल पोल्याण्डमै उपचार भै रहेको छ ।
संसारनै उनको सहयोगमा जुटी रहेको समयमा अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने सामाजिक अभियन्ता ध्रुव सिंह सिलवाल जो बचाऊ अभियान टोली सदस्य पनि हुन् उनि व्यापक प्रचार प्रसारमा जुटेका छन् ।
सिलवालले इनेप्लिजलाई नोभेम्बर २७ सम्म १४ करोड ४० लाख सङ्कलन भएको जानकारी दिए । र लक्षित रकम २५ करोडको करिव ५७.६ प्रतिसत संकलन भएको उनले बताए । उनि अन्य यस्ता सामाजिक कार्य र अप्ठ्यारोमा पारेकालाई आफूले सकिने सहयोगमा उनि एक कदम अगाडी छन । उनले अमेरिकामा रहेका नेपाली समुदायलाई पनि सहयोगको लागि अनुरोध गरि रहेका छन् ।
उनका बुवाआमा,सियोनाको लागी खर्च जुटाउन बिश्व भरि सामाजिक संजाल समूह बनाई अर्थ संकलन गर्दै आएका सबैले विनम्रता पूर्वक सबैलाई हुने सक्ने सहयोगको लागी आब्हान र अनुरोध समेत गरेका छन् ।
यहाँहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने यो गो फण्ड मार्फत सहयोग गर्न सक्नु हुनेछ :
https://www.gofundme.com/f/treatmentforsiyona?
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया