जाली माया

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७७ मंसिर १५ गते १२:२१ मा प्रकाशित

बेलाबेलामा सुयोगको फेसबुक प्रोफाइन हेर्नु मेरो बानी बनेको थियो तर अचानक उसको दाईको फेसबुक हेर्न मनलाग्यो ।

मलाई उसले उसको दाई व्यक्तित्व जति नै कठोर र तानाशाहको रुपमा प्रस्तुत गरेपनि उसको दाई बहुमुखी प्रतिभाका धनी, शालीन, मिजासिला र सफल व्यक्तित्व हुन भनी आफै अनुभव पनि गरेको थिए र अरुबाट पनि सुनेको थिए। उसले मलाई सधै आफु दाईसंग डराएको र दाईसंग आफुले कुनैपनि कुरामा बहस गर्न नसक्ने अनुभव सुनाउथ्यो। उसको र उसको दाईको सम्बन्ध त्यति सुमधुर छैन भन्ने अनुभव मैले पछिल्लो पटक उसको दाईको फोटो मेरो साथी संग देख्दा अनुभव गरेको थिए। उसको दाईको फोटो मेरो साथीसंग देखे पछि मैले उसलाई ठट्टा गरेर पठाएको थिए, “कुन सिनेमाको हिरो हो चिन्छौ?” उसले जवाफ लेख्यो, “ चिन्दिन र चिन्नु पनि छैन?” म अच्चमित भएको थिए उसको जवाफले किनकी उसको दाइको बारेमा एक शब्द पनि नकारात्मक सुन्न नचाहने उसले यस्तो जवाफ पठाउदा म छक्क परें तर सोचे मैले चासो लिन्छु भनेर बढी बोल्न खोजेन होला।

गाड़ी चलाउदै रातो ट्राफिक बत्तीमा रोकिएको बेला अचानक उसको दाईको फेसबुक खोल्दा छांगाबाट खसे झै भए म। करीब दश मिनेट अगाडी कसैले लेखेको थियो, “शीघ्र स्वास्थ्य लाभको कामना”! त्यसको कमेन्टमा कसैले सोधेको थियो,” के भयो दाईलाई” र जवाफमा लेखिएको थियो, “दुर्घटना अहिले अस्पतालमा हुनुहन्छ!” म अचम्ममा परे । सुयोगलाई फोन गरेर सोध्न मन लाग्यो तर सोचे उसले त गर्दैन म मात्रै किन घरीघरी फोन गर्ने? घर आइपुगे तर मन नै मानेन्। सोचे कतै दुर्घटना हो भने कुनै पत्रिकाले पो समाचार संप्रेषण गरेको छ कि! सुयोगको दाई त प्रख्यात मान्छे, आजभोलीका पत्रकारलाई के खबर पाउ र छपाउ जस्तो हुन्छ । मैले गुगलमा उसको दाईको नाम लेखे, नभन्दै एउटा अनलाइन खबरले लेखिसकेको रहेछ। मोटर दुर्घटनामा गम्भीर घाइते भएर अस्पताल पुर्याइएको रहेछ र चालकको घटनास्थलमै मृत्यु भएछ। तैपनि सुयोगलाई फोन गर्न सकिन् र सोच्न थाले।

सुयोगको संगत राम्रो थिएन, प्राइभेट बैकको जागिरे र संगत धनी बाबुका बिग्रेका छोराहरु जसलाई जीवनमा केही कमाउनु भन्दा पनि बाबुआमाले थुपारेको धन कसरी सिध्याउने भन्ने मात्रै हुन्थ्यो, बैकको जागिर त समय कटाउने माध्यम मात्रै हुन्थ्यो। सुयोग पनि त्यही धनी बाबुको बिग्रेको छोरा नै थियो, दिनभर काम गर्यो साँझ परेपछि काठमाण्डौका डिस्को र बारहरु चाहार्यो । मेरो भेट उसंग मेरो स्तानकको इन्टर्नशिप गर्दा भएको थियो। मैले तीन महिना उसकै विभागमा काम गरेको थिए। उसले मलाई निकै सहयोग गर्यो र धेरै कुरा सिकायो। उसको सबै बानी मनपर्थ्यो तर यो जांडरक्सी अति पिउने र डिस्को धाउने बानी मलाई कहिले मन परेन। मैले रोक्न पनि खोजे तर ऊ सुध्रिनै चाहदैथ्यो। मेरो इन्टर्नशिप सकियो र उससंग भेटघाट पनि बन्द भयो तर फेब्रुरी १४ अर्थात प्रेम दिवसको दिन उसले मलाई दरबारमार्गको बेकरी क्याफे लन्चको लागि बोलायो, मैले त याद पनि गरेको थिइन त्यो दिन र बार। साधारण तरिका बाट म उसंग लन्चको लागि गए। खाना अडर गरेपछि उसले भन्यो, “यु नो आस्था, आइ फिल माइसेल्फ एलोन!” मैले अच्चम मानेर सोधे,” किन? हजुरको रकिंग लाइफ त स्टील गोइंग अन नि होइन र दा?”उ उमेरमा जेठो भएकोले मैले उसलाई दाई र हजुरको सम्बोधन गर्थे । उसले झन्किदै भन्यो, “ कम अन! डोन्ट कल दा! म तिमीलाई माया गर्छु। तिम्रो इन्टर्नशिप सकिएपछि, आइ मिस्ड यु अलट!” उसको पहिलो प्रेममय संवाद मेरो दिमागमा अझै ताजा छ। यसरी शुरु भयो उसको र मेरो प्रेम कहानी दुईचार महिना त राम्रै थियो तर फेरि उसको पुरानो बानी शुरु हुन थाले । उसको दाईले नयां घर बनाएको थिए, उसको खाली समय मेरो लागि भन्दा पनि दाईको घर बनाउने रेखदेखमा बढी बित्न थाल्यो । एकदम डराउथ्यो सुयोग आफ्नो दाईसंग तर भाउजुको अत्यन्तै तारिफ गर्थ्यो । बिस्तारै मलाई सुयोगको बानी बदलिएको जस्तो लाग्न थाल्यो । जति सम्झाएपनि एकदुई दिन सम्झिए जस्तो गर्थ्यो तर फेरि पिउन र बार धाउन शुरु भइ हाल्थ्यो।

यता मेरो ब्याचलरको रिज़ल्ट पनि निस्कियो। मसंग दुईवटा विकल्प थियो, एमबीए गर्ने या विवाह गर्ने तर मेरो परिवार विवाह गरेर एमबीए गरोस भन्ने चाहन्थ्यो। मेरो मामुले मलाई विवाहको लागि दबाव दिन थालिस्यो र मैले सुयोग भने,”तिमी कुरा गर मेरो परिवारसंग” तर उसले भन्न थाल्यो,” घरमा दिदीको विवाह भएको छैन म कसरी मेरो विवाहको कुरा राख्ने?” यही कुरामा उसको र मेरो मनमुटाव हुन थाल्यो र एकदिन नराम्रो झगडा पनि पर्यो। मैले भनिदिए, “ यु जस्ट वान्ट टु प्ले वीथ माइ फिलिंग, फ्रम टुडे यु आर डेड फर मी?” त्यो दिन ऊ रोयो तर मलाई रोकेन । दुई दिन पछि फोन गरेर भन्यो,”कान्छु! म्यारी समवन । म तिमीसंग बिहा गर्न सक्दिन मेरो मुटुमा समस्या छ, यु नो द्याट बट स्टील हामी लाइफलंग फ्रेण्ड बन्न सक्छौ।” उसको मुटुको समस्या त मलाई थाहा थियो तर यही मुटुको समस्याका कारण पनि मैले उसलाई धेरै माया गरेको थिए र मलाई यो थाहा थिएन कि यही समस्यालाई कारण देखाएर मेरो प्रेमलाई लत्याउछ।

मैले मेरो परिवारको इच्छा अनुसार विवाह गर्ने निर्णय गरे र विवाह मिती तय भयो। मेरो विवाहको कार्ड पुर्याउन म उसको अफिस गए, हातमा कार्ड राखिदिए अनुहार अध्यारो थियो तर केही बोलेन तर मेरो विवाहमा आएन। विवाहपछि म पनि बैंकमै काम गर्न थाले। सौभाग्य या दुर्भाग्य छ महिनापछि एउटा सेमिनारमा फेरि भेट भयो। मैले सोधे,”डिड यु गेट म्यारिड?” उसले भन्यो,” नो नेभर ! मेरो फेरि डेड्ली हार्टअपरेसन भयो।” त्यसको केही महिनापछि सुयोगको साथीबाट उसले एउटा मल्टिइन्टरन्यासनल कम्पनीमा व्यवस्थापकीय प्रमुखको काम पाएर थाइल्याण्ड गएको कुरा सुने। थाइल्याण्ड गएको केहीपछि उसले मलाई अफिसमा फोन गरेर यो कुरा बताएको थियो। पछि उसैले मलाई फेसबुकमा जोड्यो र कहिलेकाही हालखबर आदान-प्रदान हुन्थ्यो। म उसको फेसबुक हेरिरहन्थे, के गर्दछ, बिहे गर्यो कि गरेन त्यही बुझ्न तर एउटा कुरा अचम्म लाग्यो। थाइल्याण्डमा उसको परिवार उसलाई भेटन गएका फोटोहरु थिए, दशैतिहारका फोटोहरु थिए तर कुनैपनि फोटोमा उसको दाई देखिन मैले खाली भाउजु र अरु परिवारका सदस्यहरु मात्र हुन्थे।

मैले फेरि सुयोगको दाईको फेसबुक खोलेर हेरे तर अफसोच उहांको वालमा फोटोसहित भावपूर्ण श्रद्धान्जली लेखिसकेको थियो। उपचारको क्रममा उहांको निधन भएछ, मन भारी भयो। मैले सुयोगलाई मेसेज पठाएको सहानुभूतिका साथ र उसले पनि काठमाण्डौ जान एअरपोर्टमा कुरिरहेको भनी मेसेज पठायो। मैले फेरि उसको भाउजुको फेसबुक हेरे त्यहा भर्खर नयां प्रोफाइल फोटो परिवर्तन गरिएको रहेछ। अच्चमित भए यता श्रीमान बितेको खबर आएको छ उता श्रीमतीले भर्खर फेसबुक चलाएर प्रोफाइल फोटो परिवर्तन गरेकी छिन, केही बुझ्न सकिन्। मनमा खुल्दुली बढिरहेकै थियो र समाचारहरु खोजीखोजी हेर्न थाले र एउटा समाचारबाट थाहा भयो सुयोगको दाईले पहिलो श्रीमती छोडेर दोस्रो श्रीमती विवाह गरेका रहेछन। करीब दुई महिना पछि फेरि सुयोगकी जेठी भाउजुको फेसबुक खोलेर हेर्दा म झन चकित भए किनकी उसको भाउजुले “स्वतन्त्र जीवन” नामक एल्बममा थुप्रै फोटोहरु अपलोड गरेकी थिइन जसमध्ये धेरै फोटोमा भाउजुको अंगालोमा सुयोग थियो। यो सब देखेपछि मलाई मेरो विगत याद आयो र किन उसले मेरो प्रेम लत्यायो सिनेमाका दृश्य झै छंर्लग भयो। आफ्नो दाईले दोस्रो विवाह गरेर सुयोगले भाउजुसंग सम्बन्ध बढायो या दाईको व्यस्तताका कारण भाउजुले देवरसंग सम्बन्ध बढाइन त बुझ्न सकिन तर एउटा धोकेवाज मानिससंगको प्रेममा फसेकोमा आफैलाई आफुसंग अप्ठ्यारो चाहि लागिरह्यो।

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया