अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३८ हजार संक्रमित,८२६ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३८ हजार ९ सय ३ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले उल्लेख गरेको छ ।
यसै गरि एकैदिनमा ८ सय २६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । गत आइतबार नोभेम्बर २९ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो । लगातार २७ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नयाँ थप कोरोना संक्रमितहरु थपिदै गै रहेको गत आइतबार नोभेम्बर २९ को तथ्यांक सार्वजनिक गरेको छ ।
आइतबार अस्पतालमा भर्ना हुनेको संख्या ९३ हजार २ सय ३८ पुगेको छ । गत शनिबार ९१ हजार ६ सय ३५ रहेको थियो । ९० हजार मानिसहरु अस्पताल भर्ना भएको यो तेश्रो पटक हो ।
हाल सम्म कूल १३ करोड ६ लाख ५७ जार मानिसहरु संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४६ लाख ५८ हजार ९ सय ४० पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ७१ हजार ७ सय ४९ पुगेको छ ।
श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
बाइडेनले जर्जियामा बचनबद्ध गरेको कोरोना राहत सहयोग स्वरुप २ हजार डलर दिने योजना प्रस्ताव
मेरिल्याण्ड एनइसिसी-पशुपति बुद्ध मन्दिर द्वारा माघे संघ्रान्ति तथा माघीको हार्दिक मंगलमय शुभकामना
ट्रम्पलाई लगाईएको दोश्रो महाअभियोग अव सिनेटमा जो बाइडेनको सपथ पछि कारवाही हुने
प्रतिक्रिया