‘मलेशियामा बन्यो साझा सद्भाव समूहको राष्ट्रिय समिति’

इनेप्लिज २०७७ मंसिर १५ गते ३:२६ मा प्रकाशित

क्वालालम्पुर

बिदेशमा उल्लेख्य रुपमा सद्भाव समूह बिस्तार गरिरहेको साझा पार्टीले मलेशियामा पनि साझा सद्भाव समूह राष्ट्रिय समिति गठन गरेको छ।शंकरदेव आचार्यको संयोजकत्वमा गठित १९ सदस्यीय सो राष्ट्रिय समितिमा सह-संयोजक नरेश कुमार नेपाली रहेका छन् भने सदस्यमा बिष्णुप्रसाद बेलबासे ,बिरेन्द्र बहादुर धानुक, थिर बहादुर कटुवाल,नरेश शाही, हिमाल बस्याल, थीरमान घर्तीमगर र कृष्ण बहादुर बुढाथोकी रहेका छन्।

त्यसैगरी अन्य सदस्यहरुमा दिपेन्द्र सिंह भाट, पदम बहादुर थापा,धन बहादुर श्रेष्ठ,कृष्णजी खड्का,अभिराज के.सी.,संजय सूर्यवंशी,आयुशलामा, खिम प्रसाद पौडेल, धिरेन्द्र कुमार मेहता र सुशील श्रेष्ठ रहेका छन्।

युरोप महादेशीय संयोजक एस. के. श्रेष्ठको विशेष सकृयतामा सो राष्ट्रिय समिति गठन भएको हो।मलेशियामा राष्ट्रिय समिति गठन भएपछि साझा सद्भाव समूह संजालको २३ औँ राष्ट्र बनेको प्राप्त समाचारमा उल्लेख छ।

प्रतिक्रिया