ट्रम्पद्वारा बाइडेनलाई शीघ्रलाभको कामना
निर्वाचित राष्ट्रपति जो बाइडेन कुकुरसँग खेल्दा खुट्टा हल्का टुटे पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शीघ्रलाभको कामना गरेका छन । गत शनिबार बाइडेन मेजर नामक पालेको कुकुर संग खेल्ने क्रममा चिप्लेर लडेका थिए ।
उनका चिकित्सकले हल्का टुटेकोले केही हप्ता सम्म हिडडुल जुत्ता लगाउनु पर्ने सिफारिस गरेका छन् ।
“शुरुवाती एक्स-रे ले कुनै स्पष्ट टुटेको देखाएन तर सिटि स्क्यान गरे पछि सानो मसिनो टुटेको निश्चित भएको चिकित्सकले आइतबार बताए । चिकित्सकका अनुसार मध्यम क्यूनिफार्म हड्डीहरू जुन मध्य-खुट्टामा हुन्छन । उनका अनुसार उनलाई केही हप्तासम्म हिँड्न जुत्ता चाहिन्छ।” भनेका छन् ।
बाइडेनको कार्यलयले आइतबार हाडजोर्नी बिशेषज्ञ संग जचाउन जाने जानकारी गराएका थिए । चिकित्सकसंग जाँच गरे पछि आइतबार साँझ ट्रम्पले शीघ्रलाभको कामना गरेका हुन् । उनले गेट वेल सुन भन्दै सामाजिक संजाल ट्वीट गरेका छन् ।
श्रोत :सिएनएन
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
बाइडेनले जर्जियामा बचनबद्ध गरेको कोरोना राहत सहयोग स्वरुप २ हजार डलर दिने योजना प्रस्ताव
मेरिल्याण्ड एनइसिसी-पशुपति बुद्ध मन्दिर द्वारा माघे संघ्रान्ति तथा माघीको हार्दिक मंगलमय शुभकामना
ट्रम्पलाई लगाईएको दोश्रो महाअभियोग अव सिनेटमा जो बाइडेनको सपथ पछि कारवाही हुने
प्रतिक्रिया