कोलोराडो स्प्रिन्ग्समा गोलीबारी हुँदा २ जनाको निधन
इनेप्लिज
२०७७ मंसिर १४ गते २१:४८ मा प्रकाशित
अमेरिकाको कोलोराडो राज्यको कोलोराडो स्प्रिन्ग्समा गोलीबारी हुँदा २ जनाको निधन भएको छ । प्रहरीका अनुसार कोलोराडो स्प्रिङ्ग्सको उत्तरी क्षेत्रको एक घरमा भेला हुँदा उक्त गोलीकाण्ड भएको जनाएका छन् ।
कोलोराडो स्प्रिङ्ग्सको हाङ्गिङ्ग भ्याली वे(मार्ग)को एक घरमा बिहान १:३० मिनेटमा गोलीबारी चलेको प्रहरीले बताएका छन । मृतक पीडितहरुको नाम सार्वजनिक गरिएको छैन ।
प्रहरीका अनुसार उक्त घटना पृथक भएकोले सार्वजनिक रुपमा कुनै खतरा नभएको जनाएका छन् । हाल सम्म संदिग्धलाई पक्राउ गरिएको या अभियोग लगाईएको बारेमा कुनै जानकारी प्रहरीले दिएका छैनन ।
श्रोत :फक्स२१ न्युज
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया