बुधबार, माघ ७ २०७७
काठमाडौं १२:५६
वासिङटन डिसी 02:11

टेक्सस फोर्टवर्थमा रातो बत्तीमा गाडी कुदाउदा महिलाको मृत्यु

इनेप्लिज २०७७ मंसिर १४ गते २१:२५ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको फोर्टवर्थमा रातो बत्तीमा गाडी कुदाउदा महिलाको मृत्यु भएको छ । फोर्टवर्थ प्रहरी बिभागका अनुसार एसयूभी सवारी साधनका चालकले सडकमा रातो बत्ति बलि रहेको ठाउँमा गाडी कुदाए पछि दुई जनालाई गाडीले हानेका थिए ।

गत शुक्रबार उक्त घटना करिव राती ९:४५ मिनेटमा भएको थियो । अन्तर राज्य ३५ को पश्चिम स्थित रोजडेल स्ट्रिट(मार्ग)मा पश्चिम जाँदा दुर्घटना हुन् पुगेको प्रहरीले जनाएका छन् ।

उक्त समयमा एक मालबाहक गाडी दक्षिण तर्फको चौकबाट रोजडेल मार्ग देब्रे तर्फ गै रहेको थियो । ठीक त्यसै समयमा दुई पैदलयात्रीहरु बाटो काट्दै थिए । उक्त एसयुभी(गाडी)ले ठक्कर दिएको थियो । पुरुष पैदलयात्रीलाई अस्पताल भर्ना गरिएको छ भने उनको अवस्था गम्भीर रहेता पनि बाच्ने आशा गरिएको प्रहरीले जनाएका छन।

उक्त सवारी साधन पल्टिएको थियो भने चालकलाई कुनै चोट पटक भने लागेको छैन ।

श्रोत : डब्लुएफएए डटकम

प्रतिक्रिया