पूर्व विश्व बिजेता मुडकीबाज माइक टाइसन तथा रोय जोन्स जुनियर बीच प्रदर्शनी भिडन्त,परिणाम बराबर
आफ्नो समयमा अधिक वजन तौल समूहका पूर्व विश्व बिजेता मुडकीबाज माइक टाइसन तथा रोय जोन्स जुनियर बीच भएको प्रदर्शनी मुडकीबाजी भिडन्तमा दुवै जना बराबर छन् । गत शनिबार प्रदर्शनको लागि आयोजना गरिएको थियो ।
अवकास लिएको करिव १५ बर्ष पछि टाइसन रिङ्ग(मुडकी मैदान)मा उत्रिएका थिए । उक्त प्रतियोगितालाई फ्रन्टलाईन ब्याटल अर्थात् अग्रपंक्तिको लडाई भनि नामाकरण गरिएको थियो ।
उक्त भिडन्तको समर्थन वर्ल्ड बक्सिङ्ग कन्सिल(परिसद)ले गरेको थियो भने लस एन्जेलसको स्टेपल केन्द्रबाट करिव ४ घण्टाको प्रत्यक्ष प्रसारण गरेको थियो । हरेक चरण ६० सेकेन्ड कम गरिएको थियो । हरेक ३ मिनेटको बदलामा २ मिनेट को एक चरण(राउण्ड)बनाई खेलाईएको थियो ।
उक्त भिडन्तमा पनि लामो दुरीमा बसी निर्णायकहरुले अङ्क दिएका थिए । उनीहरुको शैली,प्रभावकारी मुक्का प्रहार ,उत्कृष्ट रक्षा ,आक्रमण शैली आदिको आधारमा अङ्क प्रदान गरिएको थियो ।
टाईसन जो बिश्व कै डरलाग्दो मुडकीबाज हुन् । जसले व्यवसायिक खेलमा प्रथम बर्षमा एकै पटक पनि पराजित नभई १५-० ले प्रतिद्वन्दीलाई घुडा टेकाउन सफल भएका होनहार खेलाडी हुन् ।
२० बर्ष ४ महिनामा अधिक वजन तौल समूहमा बिश्व बिजेता बनेका थिए । यसै गरि जोन्स पनि ६६-९ ले आफ्नो ईतिहास बनाएका छन् । सन् २०१८ मा भएको भिडन्तमा जोन्स जुनियरले स्कट सिग्मनलाई जितेका थिए ।
दर्शकहरुको मनोरंजनको लागी ५० डलरमा हेर्न सकिने बनाइएको थियो । प्रदर्शनी खेल भएता पनि दर्शक र अन्यले माइक टाइसनको प्रस्तुति राम्रो लागेको टिप्पणी गरेका छन् । यो उमेरमा पनि उनि अझै राम्रो खेल्न सक्ने देखिएको र राम्रो आक्रमण गरेको बताएका छन् ।
१५ बर्ष पछि खेल्दा पनि उनको प्रस्तुति उत्कृष्ट भएको ठहर गरिएको छ । टाईसनले जोन्सलाई ६७- ३७ मुक्का हानेका थिए भने ३५-४ शरीरमा हिर्काएका थिए । टाईसनले ८ औ घन्टी (राउण्ड)को खेलमा ७ औ घन्टी सम्म टाईसन जमेका थिए । टाईसन ५६ बर्षका भएका छन् भने जोन्स ५१ बर्ष भएका छन । उमेरको हिसावले जोन्स कान्छा भएता पनि उनको प्रदर्शन र प्रस्तुति फितलो भएको प्रतिक्रिया आएका छन् ।
श्रोत :सिएनएन/ब्लिचरिपोर्ट डटकम/सिबिएस स्पोर्ट
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया