नेपालमा एकैदिनमा थप १२५५ जना कोरोनाबाट संक्रमित ,२५ जनाको मृत्यु

इनेप्लिज २०७७ मंसिर १४ गते १२:०९ मा प्रकाशित

नेपालमा एकैदिनमा थप १ हजार २ सय ५५ जना कोरोनाबाट संक्रमित भएका छन् । बिगत २४ घण्टामा नेपालमा थप १,२५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ सय ११ महिला र ७ सय ४४ पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ भने निको हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ।

यस्तै बितेको २४ घण्टामा थप १ हजार ४ सय ४ जना संक्रमण मुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ । हाल कोरोना निको हुने दर ९१.६ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमित १७ हजार ९ सय ९ जना रहेका छन् भने कुल मृतकको संख्या १ हजार ४ सय ७९ जना रहेको छ ।

प्रतिक्रिया