अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ५५ हजार संक्रमित,१,१८९ जनाको मृत्यु
इनेप्लिज
२०७७ मंसिर १४ गते ११:५८ मा प्रकाशित
अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ५५ हजार ५ सय ९६ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले उल्लेख गरेको छ ।
यसै गरि एकैदिनमा १ हजार १ सय ८९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । गत शनिबार नोभेम्बर २८ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो । लगातार १९ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नयाँ थप कोरोना संक्रमितहरु थपिदै गै रहेका छन ।
हाल सम्म कूल १३ करोड ४ लाख ७४ हजार मानिसहरु संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४६ लाख ३२ हजार १ सय ७८ पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ७१ हजार ९ सय १७ पुगेको छ ।
श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया