बुधबार, माघ ७ २०७७
काठमाडौं १३:१७
वासिङटन डिसी 02:32

एनआरएन अमेरिका नर्थ क्यारोलाइना च्याप्टरको रक्तदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७७ मंसिर १४ गते २:१० मा प्रकाशित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको नर्थ क्यारोलाइना च्याप्टरले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । महामारीमा अझ रगतको अभाव हुने समेत रहेकोले नर्थ क्यारोलाइना च्याप्टरले शनिबार नोभेम्बर २८ का दिन उक्त कार्यक्रमको आयोजना गरेको हो ।

एनआरएन अमेरिकाका उपाध्यक्ष बुद्धि सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरिएको छ । रक्तदान कार्यक्रम आफैमा पुन्यकाम हो । महामारीमा रगतको अभाव हुने हुनाले रगतको माँगलाई केही सहयोग होस् भन्ने हेतुले नर्थ क्यारोलाइना च्याप्टरले आयोजना गरेकोमा प्रमुख अतिथि सुवेदीले च्याप्टरलाई धन्यबाद दिएका छन् ।

र अन्य सबै च्याप्टरहरुले पनि आयोजना गर्न आग्रह गरेका छन् । एनआरएन अमेरिकाले नेपाली अमेरिकी समाजलाई दुख सुखमा साथ र सहयोग गर्दै आएको बताउदै उपाध्यक्ष सुवेदीले एनआरएन अमेरिकाको सदस्य लिन हुन् सबै नेपाली समुदायलाई आग्रह गरे ।

च्याप्टरका अध्यक्ष कुलानन्द शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जन सम्पर्क समिति अमेरिकाका उपाध्यक्ष अनन्त सुवेदी , जनसम्पर्क समिति नर्थ क्यारोलाईनाका सभापति चिरिन्जीवी भट्टराई ,एनआरएन अमेरिकाका सल्लाहकार गोविन्द सुवेदी,राधा पौडेल, हरिहर भट्टराई,एनआरएनएका पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल ,एनसिएनसीका सभापति रविन कार्की लगायत ९० जनाको उपस्थिति रहेको थियो ।

उक्त रक्तदान कार्यक्रममा ६० जनाले रगत दान गरेको आयोजकले बताएका छन् ।

प्रतिक्रिया