शनिबार, माघ ३ २०७७
काठमाडौं ०३:०८
वासिङटन डिसी 16:23

न्यूयोर्कमा थाङ्क्सगिभिङ्गको छुट्टीमा क्विन्स ,ब्रंक्स र ब्रुकलिन लगायतमा कम्तिमा १४ जना माथि गोली प्रहार

इनेप्लिज २०७७ मंसिर १४ गते ०:४० मा प्रकाशित

बिश्वकै सम्राट राज्य न्यूयोर्कमा थाङ्क्सगिभिङ्ग(धन्यवाद दिवस )र ब्लाक फ्राईडे (कालो शुक्रवार)को सेरोफेरोमा क्विन्स ,ब्रंक्स र ब्रुकलिन लगायत शहरमा कम्तिमा १४ जना माथि गोली प्रहार गरिएको छ ।

गत शुक्रबार साँझ ६:१० मिनेटमा एउटा ब्रंक्समा ब्ल्याक फ्राइडेमा गोलीबारी भएको थियो । न्यु योर्क पोष्टका अनुसार झगडा भएको कारण एक ४४ वर्षीय व्यक्तिको छातीमा गोली हानिएको थियो भने उनलाई बर्नाबास अस्पताल लागिएको छ । प्रहरीका अनुसार उनि बाच्ने आशा गरिएको छ ।

यसै गरि ब्रुकलिनमा २८ वर्षका दुई पुरुषलाई ४० मिनेट पछि ब्रूकलिनको आवासीय गृहको अगाडि उभिई रहेको अवस्थामा गोली हानिएको थियो । न्यु योर्क शहरभरि ११ जना मानिसहरुलाई ब्ल्याक फ्राइडेमा गोली हानियो भनि डेली मेलले समाचार लेखेको छ भने साथै ग्रीष्मकालिन देखि नै गोलीबारीको हिंसा वृद्धि भएको उल्लेख गरेको छ ।

जव प्रहरीहरु त्यहाँ पुगे बन्दुकधारी फरार भएका थिए । एक जनालाई निधार र कम्मरमा गोली हानिएको थियो भने दोस्रोलाई खुट्टामा गोली हानिएको थियो। तिनीहरूलाई किङ्ग्स काउन्टी अस्पताल लगिएको प्रहरीले जनाएका छन् ।

अर्को गोलीबारीमा साँझ ७ बजे स्टाटेन आइल्याण्ड स्थित पार्क हिल एभेन्युमा गोली हानिएको जनाएका छन् भने उनीहरुले प्रहरी अधिकारीहरुलाई असहयोग गरेका छन् । अर्थात सोधपुछमा सहयोग गरि रहेका छैनन ।

उक्त घटना पछि करिव डेढ घण्टामा ब्रुकलिनमा कालो शुक्रबारका दिन गोली प्रहार गरिए पछि ब्रुकलिन अस्पताल गएका थिए । उक्त घटना करिव ८:२६ मिनेटमा भएको थियो ।

यसै गरि म्यानह्याटनमा ३२ बर्षिय मानिसलाई करिव ११:४५ बजे राती नली खुट्टामा गोली हानिएको थियो ।

यसरी बिदाको सेरोफेरोमा १४ जनालाई गोली प्रहार गरिएको छ भने गत बर्ष २०१९ को नोभेम्बर सम्म ७०८ वटा गोलीबारीका घटना भएका थिए भने यस पटक २०२० मा वृद्धि भै १,३८६ वटा पुगेका छन् । अर्थात् ९५.८ प्रतिसतले गोलीबारी वृद्धि भएको छ }

श्रोत :डेली मेल/न्यू योर्क पोस्ट ; तस्बिर :एपी

प्रतिक्रिया