बुधबार, माघ ७ २०७७
काठमाडौं ११:३०
वासिङटन डिसी 00:45

कालो शुक्रवारका दिन क्यालिफोर्नियामा गोली प्रहार हुँदा दुई किशोरहरुको निधन

इनेप्लिज २०७७ मंसिर १३ गते २२:२४ मा प्रकाशित

गत शुक्रवार ब्लाक फ्राइडे(कालो शुक्रवार)का दिन उत्तरी क्यालिफोर्नियाको बिशाल बजारमा गोली प्रहार हुँदा दुई किशोरहरुको निधन भएको छ ।

क्यालिफोर्नियाको आरडेन फेयर मल नामक बिशाल बजारमा ६ बजे पछि गोलीवारी भए पछि खाली गराईएको थियो । उक्त घटना बिशाल बजारको मूल प्रवेशद्वारमा भएको थियो ।

उक्त गोलिवारीमा १९ बर्षिय किशोरको बिशाल बजार मै निधन भएको थियो भने अर्का १७ बर्षिय किशोरलाई अस्पताल पुर्याईएको थियो । तर उनको ज्यादा चोटपटकको कारण केही घण्टा पछि निधन भएको प्रहरीले जानकारी दिएका छन ।

बिशाल बजारका कर्मचारीले दर्जनौ गोलीको आवाज सुनेका थिए । कर्मचारीका अनुसार ग्राहक र कामदारहरु पछाडीको बाटो हुँदै भर्याग चढेर भवन खाली गरेका थिए ।

गोलीबारी लक्षित र पृथक हमला जस्तो देखिन्छ, यद्यपि बन्दुकधारीको मनसाय भने प्रहरीले खुलासा गरेनन। प्रहरीले २० बर्ष उमेर भएका संदिग्धको खोजी गरि रहेको बताएका छन् ।

“महामारीको क्रममा स्याक्रमेन्टो र अन्य शहरहरूमा बन्दुकको हिंसामा भएको वृद्धिले हामी गहिरो चिन्तित छौं नगर प्रमुख डरेल स्टेनबर्गले सामाजिक संजालमा ट्वीट गरे।

र, उनले भने बन्दुक जवाफ कहिले पनि हुँदैन ।

श्रोत : एपी/एबिसी न्यूज

प्रतिक्रिया