डिसीका प्रहरी जासूसको मेरिल्याण्डमा भएको घरेलु गोलीकाण्डमा हत्या
मेरिल्याण्डको चार्ल्स काउन्टीमा भएको घरेलु गोलीकाण्डमा डिसीका प्रहरी जासूसको हत्या भएको छ । गत शुक्रबार प्रहरीका अनुसार वलडोर्फ स्थित घरमा घरेलु गोलीबारीपछि एक अनुभवी प्रहरी जासूसको मृत्यु भएको हो ।
चार्ल्स काउन्टी शेरिफको कार्यालयले वाल्डोर्फको घरमा गत शुक्रबार राति दुई व्यक्तिको मृत्यु भएको खबर पाए पछि शव जाँच गर्दा पति र पत्नीको शव फेला पारेको जनाएको छ । प्रहरीले उक्त घटना हत्या र आत्महत्या भएको विश्वास गरेका छन ।
अनुसन्धानकर्ताले गरेको प्रारम्भिक अनुसन्धान अनुसार ४१ वर्षीया पत्नी क्रिस्टिना फ्रान्सिसले आफ्ना पति टिमोथी फ्रान्सिसलाई पहिले गोली हानी पछि आफूलाई आफैलाई गोली हानेको बताएका छन ।
डिसी महानगरीय प्रहरी विभाग (एमपीडी) द्वारा शनिबार जारी विज्ञप्तिमा टिमोथी फ्रान्सिस २० बर्षदेखि डि.सी. प्रहरी विभागका सदस्य भएको उल्लेख गरेका छन ।
“हाम्रा सहकर्मी र साथीको दुखद क्षतिको शोक गर्नु अत्यन्त गाह्रो छ,” डिसी प्रहरी प्रमुख पिटर न्यूसमले भने । “जासूस फ्रान्सिसले समुदायलाई हिंसाबाट जोगाउन दुई दशक बिताए र उनी हत्याको शिकार भएको कुरा थाहा पाउनु हृदय विदारक छ।”
प्रहरी युनियनले सामाजिक संजालमा ट्वीट गर्दै “टिम [फौजदारी अनुसन्धान विभाग] मा एक उत्कृष्ट जासूस थिए। उनका बुबा पनि एक जासूस थिए जसले ४५ बर्ष डिसी महानगर प्रहरी विभागमा काम गरेका थिए ।
महानगर प्रहरी विभागले आज एक सच्चा जासूस गुमाएको छ र उनको स्थान छिट्टै प्रतिस्थापन हुनेछैन ।
श्रोत : डब्लुटिओपी
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
बाइडेनले जर्जियामा बचनबद्ध गरेको कोरोना राहत सहयोग स्वरुप २ हजार डलर दिने योजना प्रस्ताव
मेरिल्याण्ड एनइसिसी-पशुपति बुद्ध मन्दिर द्वारा माघे संघ्रान्ति तथा माघीको हार्दिक मंगलमय शुभकामना
ट्रम्पलाई लगाईएको दोश्रो महाअभियोग अव सिनेटमा जो बाइडेनको सपथ पछि कारवाही हुने
प्रतिक्रिया