बुधबार, माघ ७ २०७७
काठमाडौं ११:५२
वासिङटन डिसी 01:07

स्मरण यौन कथा : गाडी नं २९५५ !

दीपक पन्त २०७७ मंसिर १३ गते १३:३३ मा प्रकाशित

मोवाइल मार्फत बिबिसी नेपाली सेवाबाट प्रशाारित नेपालको राजनैतिक परिवेशको छलफलकार्यक्रम बजिरहेको थियो । प्रशारित कार्यक्रमको आवाज कटौती संगै मोवाइलको कलिङ्ग आवाज आयो ।

दिनभरको हिंडाइबाट थाकेको तन र संभावित परिवर्तित राजनैनिक देशको अवस्थाका बारेमा तरंगित मनका बीच गरुङ्गो मन लिएर कानको एयर फोनबाट नै रिसिप गरी फोन उठायो प्रबिनले ।

हेलो ?

प्रत्तिउत्तरमा परिचित/अपरिचित आवाज आयो ।

के छ यार सन्चै ?

उत्तरको प्रतिक्षा नै नगरी पुनः आवाज आयो के छ ? आउन मिल्छ ?

म त बसपार्कमा छु यार ?

अ ‘ सन्चै छु को प्रतिउत्तर दिदै मन मस्तिष्कलाई एकाग्रता पारेर कलर को हो ? प्रबिन स्मरण गर्न थाल्यो ।

चिनिएन कि क्या हो ? म सुरेश यार ।

नामको परिचय संगै प्रबिनको आवाज एक्कासी निक्लियो ।

ओ यार ह्वाट् सर्पाइज ?

अनि कहिले हो जोडा ?

बाल्यकालमा धेरै परिचित रहेको त्यो शब्द धेरै बसन्तपछि प्रविनको मुखबाट निस्किएको थियो ।

प्रविनको वाक्य टुङ्गिन नपाउदै सुरेशले आजै आएको कुरा सुनायो ।

नेपाल बन्द भए पनि बन्द आयोजकले पर्यटक बाहन चल्न दिने निर्णय गरेका रहेछन् | त्यसैले होटल व्यवशायीले एअरपोर्टंबाट भेडा बाख्रा कोचे जस्तै गरी माइक्रोबसमा २०/२५ जना सवारगराइ नेपालको पर्यटक नगरी ठमेलमा लगेर छाडेका रहेछन् ।

नेपाली भएका कारण पर्यटकीय नगरी ठमेलका होटलसंग सामिप्यता गाँस्न नसकेर बसपार्क तिर लगेज घिर्सादै पुगेका रहेछन् ।

बाल्यकालको सहपाठी अभिन्न मित्र सुरेशसंग टेलिफोनको छोटो संवादसंगै आज लामो हिडाइका कारण थाकेको हुनाले भोलि सबेरै भेट्ने कुरा तय गरी गरुङ्गो मन लिएर फोनबाट प्रबिन डिस्कनेट भयो ।

फोन संवाद संगै बिबिसीको नेपाली कार्यक्रम सकिसकेको थियो । प्रबिनको मन ,मस्तिष्क भित्रबाल्यकाल तथा यूवा अवस्थामा ऊ संग हिडेको, खेलेको, पढेको तथा यावत् गतिविधिका चित्रणसिनेमाको रिल जसरी नै घुम्न थाल्यो । हो, ऊ प्रबिनको बाल्यकाल देखि यूवा अवस्था सम्मको अभिन्न मित्र थियो । उनिहरु केवल आ-आफ्नै घरमा खाना खाने समयमा मात्र छुट्टिने गर्थे ।पढ्दा,खेल्दा,घुम्दा जता जांदा पनि उनिहरु साथ /साथै हुन्थे ।

हाइस्कुलको अध्ययन समाप्ति पछि पनि उच्च शिक्षा अध्ययन लिन उनिहरु दुवै राजधानी छिरेका थिए । आइ.ए उर्तिण पछि बी.ए अध्ययनमा भने विषयगत रोजाइको कारण उनिहरु छुट्टाछुट्टैकलेजमा अध्ययन गरेका थिए । तापनि बसाइ एकै ठांउमा भएकाले उनीहरुको सामिप्यतामा खासैअसर परेको थिएन । वी.ए अध्ययनकै क्रममा सुरेशले रोजगारीको शुरु स्थानीय स्तर आफ्नैगांउघरमा शिक्षण पेशाबाट गरेको थियो भने प्रविनले अध्ययनलाइ अगाडि बढाउदै लगेको थियो ।समय कालक्रम संगै दुबैको जिन्दगी वितिरहेको थियो । समयको गतिसंगै दुबैले आफ्नो परम्परा रितिरिवाज अनुसार जीवन संगिनीको हात थामि सकेका थिए । त्यस वेला सम्म सुरेश स्थानियग्रामिण स्तरमा शिक्षक थियो भने बिबेक नेपालको कुनै सार्वजनिक संस्थानमा नोकरी गर्थ्यो ।

दुवै साथीले नयां जीवन साथि प्राप्त गरेर पनि दुबै एक अर्काको सुखः, दुःख तथा मनका बह पोख्नेकुरामा अलग हुन सकेका थिएनन् । विवाह केही वर्ष पछि व्यवहाररुपी साङ्ग्लोको कारणउनीहरु चाहेर पनि एक अर्काको पुरक रहन सकेका थिएनन् । त्यसपछिका दिनहरुमा दुबै आआफ्नै बाटामा हिड्दै आइ रहेका थिए ।

प्रबिन नोकरीको हुरी संगै कहिले हिमाल, त कहिले पहाड, अनि कहिले तराइ गर्दै जागिरे जीवनजिई रहेको थियो । सुरेश समयको गति संगै परिवर्तित राजनितिक अवस्था बढ्दो महँगी,थपिदो पारिवारिक जिम्मेवारीका कारण शिक्षण पेशामा मात्र अडिक रहन सकेन र ४ वर्ष अगाडि खाडीमुलुक अरवतिर लागेको थियो ।

अतितका स्मरण संगै ४ वर्ष पछि बाल्यकाल देखीको मित्रलाई भोली भेट्ने कल्पनामा रमाउदै त्यो दिन निद्रादेवीको शरणमा प्रबिन लिन भएको थियो ।

विहानको चिसो हावा संगै प्रबिन को निन्द्रा खुले | हतार हतार गरी लामो समय सम्म भेट नभएकोमित्रलाई भेट्न , ऊ बसपार्क तिर लाग्यो । विहानको चिसो हावासगै स्फुर्त हुदै बसपार्कबाट मोवाइलमा सम्पर्क गर्यो । लामो घन्टीको प्रतिक्षापछि फोन उठ्यो तर आवाज परिचित थिएन | साथै आवाज कोही महिलाबृन्दको थियो । प्रबिनलाई लाग्यो उसले गलत नम्बर डायल गरेछ ।हत्तपत्त फोन डिस्कनेट गरी नंम्बर एकिन गर्यो । नम्बर हिजो सुरेशले गरेकै मोवाइलको थियो । संयम हुंदै पुनः डायल गर्यो । यस पल्ट मित्रले फोन उठायो । प्रबिनले आफू बसपार्क आएकोजानकारी गरायो । सुरेसले अलि लर्वराएको आवाजमा आफू लुम्विनी गेष्टहाउसमा रहेको कुराबतायो ।

प्रबिन ,आफू उभिएकै स्थानबाट देखिने लुम्विनी गेष्ट हाउसमा छिर्यो । रिसेप्शनमा साथीको रुम नंबर प्रश्न तेर्स्यायो । रिसेप्शनबाट प्रबिनले सोधेको गेष्ट उसको मा नभएको र लुम्विनी नामका करीव २० वटा गेष्ट हाउस भएकोले लोकेशन विना सोधेर पत्ता लगाउन मुस्किल पर्ने व्यहोरा जानकारी गरायो ।

प्रबिनले पुन लोकेशनको लागि सुरेशलाई फोन गर्यो । सुरेसले आफू बसेको एरियाको स्पस्ट लोकेसन दिन सकेन र पुन उही वाक्य दोहोरायो ।लुम्विनी गेष्ट हाउस क्या यार । यसपल्ट उसले थप अर्को नजिकको छिमेकी होटलको नाम समेत उल्लेख गर्यो । अनि आफू र आफ्नो साथी झ्यालबाट हेरि रहको कुरा सुनायो । तर विडम्बना प्रबिनले उनीहरु बसेको गेष्टहाउस पत्ता लगाउन सकेन।

कार्यालय जाने समय नजिकिएकोले साँझ भेट्ने कल्पना गर्दै प्रबिन आफ्नो बासस्थान तिर लाग्यो। घर नजिकै पुगे पछि सुरेशको फोन आयो । अरे यार कता हराको ?

मैले त पत्ता लगाउनै सकिन यार । अफिस जान ढिलाहुनाले घर फर्के प्रबिनले जवाफ फर्कायो ।

साथ साथै प्रतिप्रश्न गर्यो । ए यार ,अघि आफ्नो मोवाइल रिसिप गर्ने महिला को हो ?

ओ.. लामो हॉसो ..संगै भेटमा कुरा गरौला यार भनि सुरेशले बाक्य टुग्यायो ।

प्रबिन झन् शसंकित भयो । आखिर त्यो कुन महिला साथी हो ? उसको साथमा कसरी आइ पुगिन्? प्रश्न मनभित्र दोधार बनाउदै सॉझ भेट्ने प्रतिक्षा सहित अफिस तिर लाग्यो ।

घडीको सुइले तीन बजेको संकेत गर्ने तरखरमा थियो | प्रबिन कार्यालयबाट बाहिरिने धुनमा थियो ।नियमित बन्दले गर्दा कार्यालयबाट तीनबजेतिर बाहिरिने दैनिकी नै बनेको थियो । त्यसै मामोवाइलको किरिरिर आवाज आयो । हेलो भन्न नपाउदै शुरेसले भन्यो । ल यार म बसपार्ककोदुरसंचार कार्यालय अगाडि छु । सिधै यतै आउनु है । मेरो सर्मथता /असर्मथता प्रतिउत्तर दिननपाउदै उसले फोन काट्यो । उसको निम्ताले प्रबिनमा भेट गर्ने व्यग्रता झन् बढ्न थाल्यो । अझविहानको त्यो अपरिचित स्वर कसको होला ? झन् कौतुहलता बढ्न थाल्यो । हतार गरि घरतर्फको पाइला लामो पार्यो । घर पुग्ने वित्तिकै मित्रको बोलावटका बारेमा जानकारी दिइ लाग्यो बसपार्क तिर ।

घडीमा ठीक ५ बजेको थियो । प्रविन बसपार्क छेउमै रहेको दुरसंचार कार्यालयको गेट अगाडि पुग्यो । पल भरको प्रतिक्षापछि नै मित्र सुरेश प्रबिनलाई लिन आयो ।

चार वर्ष पछि भएको त्यो भेटमा खिस्स हास्दै दुबैले हात मिलाए । धेरै खुल्न चाहाना हुदा हुदैपनि उनीहरु सामान्य सोधनी मै रमाएका थिए ।  रोदी घरमा दुइ रात ,दुइ दिन नसुक्ने उनीहरुका कण्ठहरु त्यो दिन खुल्न सकेका थिएनन् । सामान्य भेटको औपचारिकता पछि सुरेश अघि लाग्यो प्रबिन पछि पछि ।

उनीहरु बसपार्कको सानो एक गल्ली हुदै पुगे । होटल लुम्विनीमा ।

होटलको सिडी चढदै गर्दा नै सुरेशले खाजा नास्ताको लागि रिसेप्सनमा अर्डर गर्यो । उनीहरु कोठा भित्र छिरे । कोठामा पस्नासाथ सगैको पलंगमा महिला वस्त्रहरु यत्र /तत्र छरिएका देखिन्थे।

प्रबिन मनमनै प्रश्न गर्न थाल्यो हैन ? आखिर यो महिला बस्त्र कसको होला ? कतै मित्रले दोस्रोविहे त गरेनन् ? यदि उसको श्रीमती आएको भए त मैले फोन गर्दा आवाज चिन्नु पर्ने हो ? यस्तैअनुत्तरित प्रश्नहर खेलाउदै पलंगमा बस्यो ।

सुरेश बाथ रुमबाट बाहिर आयो । प्रबिनले मन भित्र विहानै देखि अल्झिएको प्रश्न नसोधि धैर्य गर्नै सकेन र एकैसाथ धेरै प्रश्न तेर्स्यायो । हैन ओ जोडा , चालमाल त ठीक देखिदैन नी ? यी लुगाफाटा कसका हुन ? अनि विहान फोन रिसिप गर्ने महिला मित्र को हुन् ? साथी खिस्स हॉस्यो र भन्यो । ल खाजा खान शुरु गरौ ।

त्यति वेलासम्म होटलवालाले खाजाको परिकार माथि ल्याइदिइ सकेको थियो । अरे यार कस्तो सन्जोक ? खै ? कहाबाट कुरा शुरु गरौ यार भन्दै लजालु पाराले हॉस्न थाल्यो । विस्तारै खाजासगै ल्याएको मदीराको सिल तोड्दै गिलासमा भरी ल चियर्स गरौ भन्दै ड्रिन्सका अनुरोध गर्यो सुरेशले ।

मनको उत्सुकताको व्यग्रतालाई झन् गाढा बनाइ प्रतिक्षारत हुन बाध्य भयो प्रबिन।

धेरै वर्षपछि, संगै खाजा खॉदाको रमाइलो अनुभव संगै सुरेशले कुरा निकाल्यो । गत रात एयर अरेवियाको उडानबाट नेपाल आएको र करीव १० घण्टाको समय सारजहामा ट्रान्जिटमा परेको कुरा सुनायो । साथै सोही ट्रान्जिटमा २ जना नेपाली चेली भेट भएको जानकारी गरायो ।

प्रबिनको कौतुहता झन् उत्सुक हुन थाल्यो । वीचैमा प्रश्न गर्यो,खोइ त ती चेलीहरु ? ऊ खिस्स हॉस्यो र मदीराको एक घुन्को पिउदै भन्न थाल्यो | अरे यार एउटी म संगै छ । अहिले बाहिर गएकी छ । अर्की हिजो यही थिइ, आज भाउजूकोमा गएकी छ । अनि को ? कहा को रहेछन् त यी नानीहरु ? अनि यसरी एउटै रुममा बस्न सजिलै माने त ? अवोधपन देखाउदै प्रबिनले प्रश्न तेर्स्यायो ।

ओ यार यी मैयाहरु ! घरेलु कामदारका रुपमा कुवेतमा रहेछन् । एउटी ४ वर्ष पछि र अर्की ३ वर्षपछि स्वदेश फर्केका रहेछन् । सारजहाको ट्रान्जिटमा भेट भयो अनि चिनजान त्यसपछि हामी सगै…….। ऊ पुन खिस्स हॉस्यो ।

लाग्थ्यो उसको हॉसो भित्र धेरै कुरा लुकेको छ । उनीहरु खाजाको साथमा मदीराको चुस्की सगै आनन्द लिइरहेका थिए । अचानक ढोकामा ढक् ढक् आवाज आयो । सुरेशले कम इन भन्यो । लजालु पारामा दुई जवान सुन्दर युवती प्रवेश गरे । सुरेशले विहान फोन गर्ने मेरो मित्र उही हो भनी परिचय गरायो । उनीहरु लजालु हॉसो सगै नेपालीको अभिबादन नमस्कार गरे ।

प्रबिनले प्रतिक्रियामा नमस्कार भन्यो । मदीराको नशा चढ्नै लागेको समयमा प्रबिनले केहीशान्त भइ गहिरो दृष्टि ती महिला मित्रमा लगायो । भर्खर बैशालु बसन्तमा टेकेका ती युवतीहरु२२ /२४ बसन्तका जस्ता देखिन्थे । कोठै मगमगाउने गरी छर्किएको सेन्टले ती महिला नजिकआउदा कुनै विदेशी साथमा रहेको भान हुन्थ्यो । पलभरको परिचय पछि उनीहरु पनि उनीहरु सँगैखाजा खान बसे । रिसेप्सनमा खवर गरी खानपान तथा मदीरा पुन माग्ने काम भयो ।

सेतोगिलासमा कालो मदीरा राख्दै एउटीले नयॉ दाइसँग पहिलो भेटको स्वागत छ भन्दै चियर्स गरी । गिलास ठोक्काउदै सगैको टेवलमा आएर बसी । प्रबिन केही लजालु पाराले खान पानमा मात्रसाथ दिइरहेको थियो । यत्ति कै मा सुरेशले एउटी युवतीलाई काखमा राखी खाजा खुवाउन थाल्योर हॉस्दै भन्न थाल्यो । हिजो क्या वोर भो भने आफू नआएर उसको इसारा प्रबिन तिर थियो । यहाउनीहरु दुइ जना ……।

धेरै वर्ष पछिको वाल्यकालको अभिन्न भित्रलाई भेट्ने कौतुहलता साथ मेट्न गएकोमा त्याहाँकोअर्कौ परिवेशमा प्रतिक्रिया के हुने दोधारमा अनि गम्भीर मुद्रमा सोच्न थाल्यो प्रबिन ……….. ।

नेपाली चेलीहरुमा आएको परिवर्तन, वैदेशिक रोजगार, अनि वर्तमान परिवेश आदि इत्यादि ।सुरेशका बारेमा पनि सोच्यो । वडो संघर्षका साथ आफै लभ म्यारिज गरेर जीवनको नयॉ गोरेटो शुरु गरेको थियो उसले । बयस्य नारीहरुका वीच पनि मेरो राग पूर्ण प्रतिक्रिया नआएको देखेरउसले मेरा युवा अवस्थाका ती चन्चले अतितहरु कोट्याउदै ती युवतीहरुलाई रोमान्चित पार्नथाल्यो ।

हैन आज किन गौतम बुद्ध ? छोडौं यार सारा टेन्सनहरु, आफू त परदेशी मान्छे घरका मान्छे पैसापठाभन्दा अरु कुरै गर्दैनन् । के यार हाम्रो आफ्नो जिन्दगी छैन ? हाम्रा निजी आवश्यता हुदैनन् ?भन्दै आफु हरेक कुरामा फिक्जिबल भइ सकेको कुरा पुष्टि गर्यो ।

लाग्थ्यो ,उसको वैदेशिक यात्रामा ऊ नितान्त एक्लो भएको थियो । अनि आफुले भोगेका मानसिकपीडाहरुलाई सुरा र सुन्दरीका वीच समन्वय गरी आनन्दित हुन चाहन्थ्यो । ऊ समय सगै परिवर्तितभएको प्रबिनले स्पष्ट आभाष पाइसकेको थिए ।

हो त है जिन्दगी, जवानी त एक पल त हो नि है ? प्रबिन मनमनै सोच्न थाल्छ ।

खाजा–नास्ताको क्रम तिव्र गतिमा चलिरहेको थियो । थाहै नपाइ उनीहरुले एक फुल मदिरा पान गरिसकेका थिए । शरिरमा नयॉ जोश बढेको थियो । एउटी प्रबिनको सामिप्यमा थिइन् । सुरेशअर्की संगै लडिरहेको थियो । शरिरका संवेदनशील ज्ञानिन्द्रीयहरुमा विस्तारै कम्पनको आभाष हुनथाल्यो । चढ्दो नशा एवं आकस्मिक घटना परिघटना संग प्रबिन विस्तारै तरंगित हुदै गइरहेकोथियो । भारी मन सँग सर्घष गदै प्रबिनको तनमनहरु सलवलाउन आतुर थिए | तैपनि साउनकोभेलालाई रोक्ने खोजे जस्ते गरी मतिष्कको कुनै कुनामा रहेको सुस्म चेतनाले अगाडि बढ्न उसलाईरोकिरहेको थियो ।

हैन दाइ अलि रमाइलो कुरा झिक्नुहोस् न । हामी उता त कहा यसरी रमाइलो गरी आफन्त संगबस्न पाउ‘छौ ? दिन रात डिउटी गर्नु पर्छ | डिउटी पछि पनि अनिच्छित काम । त्यस्तै चलेको छजिन्दगी । भो , छाडौ ती कुराहरु । जे चलेको छ | राम्रै चलेको छ । आखिर यहाँ पो के छ र ? विवश विदेशको बसाईका बारेमा प्रश्न अनि उत्तर, उनी आफैले एकैचोटी दिइन् ।

उनको त्यो कटुसत्य विवशतामा प्रबिनले आफ्नो देश, स्वाभिमानलाई सम्झ्यो….।

शरिरमा नशा चढ्दै गएको थियो । धेरै समयपछि लर्वराएको स्वर स‘गै प्रबिनले वाक्य खोल्यो |भो छोडौं ती कुराहरु । जिन्दगी भनेको त आ–आफ्नो जीउने तरीका हो, आफू खुशी त जगतै खुशी। वाक्य टुङ्ग्याउन नपाउदै प्रबिनले उनलाई अगाल्न पुग्यो । उनी शायद त्यही प्रतिक्षामा थिइन् ।

समुन्द्री किनारको चिसो हावामा विचरण गर्ने जीवजस्तै आनन्दीत भइन् । प्रबिनका हातहरु क्रमशउनको संवेदनशील अंग प्रत्यागंमा स्पर्स हुन पुग्यो । उनमा पनि उन्माक्त छालहरु नदीको प्रवाहभन्दा तिब्र गतिमा छल्किन थाल्यो ।

बीचैमा धेरै पछि सुरेशले व्यंग गर्दै लरबराएको स्वरमा भन्न थाल्यो ।  ल अब भने मेरो मित्रलाई पनिनशा चढेछ । उतापट्टीका दुवै जोडी हाँस्न थाले । उनी रातो पिरो भइन् । प्रबिन नसुनेको झै गरीलीन भयो ।

पलंग नजिक राखिएको बेड टेवलमा किरिर्र फोनको घण्टी आयो । सुरेशले फोन उठायो | खानाखान रिसेप्सनबाट बोलाबट थियो । लर्बराएका खुट्टा, रागित तन र मनलाई विस्तारै छुट्टयाउदैखाना खान कोठाबाट तल झरे। करीव ३ घण्टाको बसाइ पछि नै उनीहरुको सामीप्यता बर्षौदेखिको झै बढ्यो । उनी प्रबिनको हात समाउदै सगै खाना खान बसिन् ।

खाजा नास्ताबाट नै पेट भरिसकेकोले खाना खाने कुरा केवल औपचारिकतामा मात्र सीमित गरीउनीहरु पुनः माथि उक्लिए | रिर्जभ कोठातिर ।

रुम एउटै मात्र बुक थियो । नेपाल बन्द भएकोले बाहिरबाट आउने गेष्टहरु काठमाण्डौं बाहिर जानपाएका थिएनन् | त्यस कारण होटलका अन्य कोठामा पनि गेष्टहरु खचाखच थिए । रुम भित्र दुईपलंग हरू सजाइएका थिए । अमुर्त बत्तीहरु उनीहरुका साक्षी थिए । मन्द ध्वनीमा टेलिभिजनआफ्नै गतिमा प्रशारित थियो ।

रुमभित्र छिर्नासाथ प्रबिन बाथरुमभित्र छिर्यो । बाथरुमबाट बाहिर निस्कदा बत्ती निभिसकेकोथियो । साइटको डिम लाइटबाट मधुर प्रकाश छरिरहेको थियो । साथैको वेडमा सुरेश र उनकीसंगीनी एउटै ओड्नी भित्र लु्ट्पुटीई सकेका थिए भने अर्को वेडमा ती युवती लम्पसार थिइन् । नशाको धोद्रे स्वरमा उनले भनिन् | दाइ अव सुत्ने हैन् ?

उनको व्यग्रतामा पल भर विलम्ब नगरी पलंगमा पल्टियो प्रबिन । मत्ताहात्ती जस्तै उन्मत्त युवतीकोकब्जामा प्रबिन पसिसकेको थियो । रतिरागका पूर्व कर्महरुमा दुबै हतार हतार समाहित हुदै गए ।हिमाल जस्ता गगन चुम्मी उनको वक्षस्थलमा प्रबिनका हातहरु मडारिन थाले | शरिरमा अनौठोरोमान्चकता पैदा हुँदै गएको थियो । नजिकैको पलंगमा अर्को जोडी रतिराग क्रिडामा धेरैपहिलेदेखि नै सक्रिय भइसकेको सहजै अनुमान लगाउन सकिन्थ्यो । रतिरागका पूर्व अभ्यासबाट प्रबिनको जोडी पनि निकै तातिसकेका थिए ।

शरिरका सवै ज्ञानिन्द्रीयहरु स्वस्फूर्त रुपमा जागरुक भइ सकेका थिए । भदौरे घामको प्रकाशबाटतापमान भएको शरिर जस्तै शरिरको ताप बढेको थियो । मन, मुटु ,मतिष्कको गति गहिरोअनुच्छेदनमा कहिले पुग्ने आतुर थियो । त्यतिवेला रातको करीव १२ बजेको आभाष हुन्थ्यो ।

कोठाको झ्यालको खिड्कीबाट होटल नजिकको सडक गल्लीमा केवल कुकुर भुकेको आवाजबाहेक अन्य ध्वनी शून्य थियो । बेला बेलामा एकआध मोटरसाइकल हुइकिएको आवाज सुन्नसकिन्थ्यो । शायद रात्री मजदुर डिउटी पश्चात बासस्थानतिर व्यग्रताका साथ लागेका होलान्भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो । दुवै जोडी राग क्रिडामा नै लिप्त थिए । अनायस सिरानीनजिको वेड टेवलमाथि राखिएको प्रबिनको पाइन्ट भित्रको मोवाइलको घण्टी बज्न थाल्यो । किरिर किरिर…….।

रागक्रिडामा अवरोध भएको महसुश गर्यो र कलर को हो ? वास्तै नगरी पाइन्टको वाहिरी भागबाटैफोन डिस्कनेट गर्यो । फोन आउने क्रम रोकिएन | पुनः मोवाइलको घण्टी बज्यो, किरिरकिरिर…….।

को हुन सक्छ ? यसवेला फोन गर्ने ?

रिसको आवेगलाई मस्तिष्कमा कैद गर्दै हेलो भन्यो प्रबिनले । प्रतिउत्तरमा एक अवोध शिशुकोआवाज आयो बाबा कहाँ हुनुहुन्छ ? आज घर आउनु हुन्न ?

प्रबिन झसंग भयो‘,फोन प्रबिनको प्यारी छोरी सुमनको थियो ।

जसलाई ऊ असाध्यै माया गर्छ । हरेक रात खानापछि प्रबिनले उसलाई बालकथा सुनाएर सुताउनेगर्थ्यो । आज शायद त्यही बालकथा सुन्न नपाएर ऊ यतिका बेर सम्म पनि सुतेकी छैन् क्यारे,।

प्रबिन मनमनै सोच्च थाल्छ ।

रागित तनबाट प्रबिन एक्कासी छंग भयो । ताप र रापका वीचका पसिना सुक्न थाल्यो । कोठाभित्र आफूलाई कैदी जस्तो महशुस गर्न थालें । कोठा बेस्सरी घुमेको जस्तो भान हुन थाल्यो। छोरीको प्रश्नमा प्रबिन मौन थियो । उसले फेरि सोधी, बाबा कहाँ हुनुहुन्छ ? आज आउनु हुन्न ? मोवाइलमा सानो अर्को परिचित स्वर आयो । सुत न नानी, बाबा आज साथीलाई भेट्न जानु भएको छ क्या ।  भोलि आउनु हुन्छ | पर्दैन, राति राति बोलाउन | दिन दुनियॉ ठीक छैनन् क्या | प्रबिनकोसुरक्षाका विषयमा उनले भनेका संवाद शायद अवोध बालिकाले बुझिनन् होला र फेरि प्रश्नतेस्याई ।  ममी, दिन दुनियॉ भनेको के हो ? सुत् अव खुरुक्क |रोष प्रकट गर्दै ममीले हकार्दै भनिन् ।सुत नानु ! म भोलि विहानै आउछु | अहिले बाबा टाडा छ क्या ।  भोलि आउदा म छोरीलाई मीठोचकेलट लिएर आउछु है ? प्रबिनले धेरै बेर पछि प्रत्तिउत्तर फर्कायो । अव सुत् भन्न्दै सन्ध्याले फोनतान्दै ,फोन डिस्कनेट गरीन् । उनी प्रबिनको जीवन संगिनी थिइन् ।

अबोध बालिका संगको संम्बाद अनि एक्काइसौँ शताब्दीको खुला संसारमा पनि श्रीमान् प्रतिको निष्ठा, विश्वास नेपाल भित्र एक नेपाली नारी अनि अर्को तर्फ अर्को तर्फ वैदेशिक गमन, विवशताअनि पेशा , आजको भेट ! नारी ! सोचँ …..। निष्कर्ष. ??

प्रबिनमा एक्कासी परिवर्तन आयो । रतिरागका आवेगहरु प्रचण्ड तापका कारण ओइलाएकोगुलाव झै भए । एकाएक तन /मन शिथिल हुन थाल्यो । प्रबिन सुरा/सुन्दरी को वीचमा पनि रागरहित हुन पुग्यो । शरिरमा संवेगका कुनै संकेत बॉकि रहेनन् । आफूलाई जिउँदो लास जस्तोसंवेगहीन पायो। संगै सुतेकी संगी नशा र रागको कामनामा प्यासी मन तृप्त गराउने अभिप्रायलेनजीक नजीक खिचिन थालिन् । प्रबिनलाई भने कसैले मृत शरिरमा डोरीको पासोले तान्नलागेको भान हुन थाल्यो ।
पटक पटकको प्रयासपछि पनि उसका राग क्रिडामा प्रबिनको साथ जिउदो लाससरि शून्य भयो ।नशालु सुरमा उनले मधुर आवाज निकाल्दै बोलिन् | हैन ? के भयो तपाइलाई ? प्रबिन मौन बस्यो।

जवाफमा पो के दिन सक्थ्यो र ? उनले एकोहोरो पाराले समायोजन हुन सक्ने हरेक रत्तिरागकाकर्महरु गर्न थालिन् | तर प्रबिन मुर्दा जस्तै संवेग विहिन रह्यो । पटक पटकको प्रयासका बाबजुद्पनि कल्पित आनन्दका ज्वारभाटाहरुसंग चल्मलाउन नपाँउदा सिरकको साँध तयार राखी विपरीतदिशा तर्फ कोल्टो परिन् उनी । नशाको तालले होला पल्टेको पल भरमा नै उनी निद्रादेवीकोशरणमा परिन् ।

रातको शून्य समय कोठाको भित्ते घडीको टिक टिक् आवाज भन्दा अन्य कुनै आवाज थिएनन् । प्रबिन एकोहोरो मलिन प्रकाशमा सेतो सिलिंग्लाई रातो, पहेलो देख्दै टोलाइ रह्यो………. ।

आकष्मिक घटना / परिघटना बीच प्रबिनलाई निन्द्रा लागेन । दैनिक करीव ८ किलोमिटरअफिसको यात्रा गर्दा हिजो अस्ति खाना खान नपाउदै गृहणीका अतृप्त इच्छाहरुलाई पुरुषकोकफनले बेर्दै इच्छा हुनासाथ ऊ सुतिहाल्थ्यो। थकित तनको विश्रामका वीचमा निन्द्रा चेतन भएहिंस्रक जंगली पशुले धेरै दिनको शिकार प्राप्त पश्चात चुडाचुड गरे जस्तै स्वप्नीम संगीनीमा विनासोधपुस होम्मिन्थ्यो । इच्छित अनिच्छित बीच मध्ये निन्द्रमा भएपनि सहजै स्वीकृतिका बीच ऊ लिन हुन्थ्यो ।

तर आज खै सारा मिष्ठान्न भोजन स्वीट ट्रेमा सजाइ राखे जस्तै स्व- अधिकारमा प्राप्ति छ । तरन निन्द्रा छ । न प्यास खै के छ ?मतिष्कमा सोंच सोंचमा नै छ ……….??

बत्तिको धुमिल प्रकाश संगै कहिले रातो प्रकाश त कहिले नीलो प्रकाशको भान संगै त्यो लामोअनि कहाली लाग्दो रात बिताउने प्रतिक्षामा ‘ पुग्यो प्रबिन ।  सुनौलो बिहानको प्रतिक्षामा प्रबिन जल्दै गयो । ओग्राएको गोही भ्रमित परेर बगरमा पल्टे जसरीप्रबिन सिलिङ्गको एकोहोरो हेराइमा रात काट्न थाल्यो ।

अचानक प्रबिनको गालामा कसैले चड्कायो । ऊ झसंग भयो। जुरुक्क उठ्यो र हेर्यो यताउती | तर भ्रमित भएछ प्रविन | कसैले गालामा नियतवश चड्काएको नभइ सगै सुतेकी संगीले निद्राकोतालमा कोल्टो फेर्दा उनको हात उसको गालामा बज्रिएको रहेछ ।

प्रबिनले नजिकैबाट पुनः उनलाई निहाल्यो | उनी मस्त निन्द्रमा थिइन् । रातको पारदर्शी पहिरन, त्यसमाथि पनि नशाको स्वपादन एवं वैदेशिक गमनबाट फर्केकी युवती उनको सुताइमा नारीकाअमुक सम्पूर्ण यन्त्रहरु सायद त्यति नजिकबाट प्रबिनले जीवन संगिनीको पनि निहाल्ने अवसरविरलै पाएको थियो। त्यो पारदर्शी तनको दृश्य ? मतिष्कमा कैद नभएपछि प्रबिन पनि कोल्टोफर्क्यो ….।

विहानको चिसो हावासंगै प्रबिनका आँखाहरू लजाउन थालेका थिए । होटलको तल अन्यकोठाका मानिसहरु बाथरुम जाने आउने आवाज आउन थाल्यो । होटल साहुनी कामदारकेटाहरुलाई उज्यालो भएकाले छिटो उठी नास्ता तयार गर्न अर्डर गर्दै थिइन् । रातको करीव १२वजेसम्म गतिशिल होटल र त्यसमा कार्यरत ती मजदुर केटाहरुको विहान ५ बजे नै उठ्नु पर्नेशायद नियमित डिउटी नै थियो । होटल साहुनीको आज्ञालाई तत्काल पालना नगरेको भन्दै साहुनीचिच्याइन् | हैन ? किन नउठेका यी मोराहरु ? आजबाट नेपाल बन्द खुल्यो । अव नयाँ गेष्ट खोज्नुपर्छ | सबै कोठाहरु सफा गर्नु पर्छ | काम कति छ ,कति । उनी आफ्नै मनोगत प्रश्न तेर्स्याउँदैफतफताएकी थिइन् । तर उनको फतफताइबाट मैले नयाँ कुरा सुनें ,बन्द खुल्यो रे । आयोजकलेआमहड्ताल फिर्ता लिए रे । बिश्वास अविश्वासको घेरालाई पार गर्दै लाग्यो, कतैबाट सुनेर तबोलेकी होलिन नि साहुनीले ।

ए अव बन्द खुल्यो है । हप्तौंदेखि परिवारजनको भेटमा व्यग्र प्रतिक्षामा रहेका हजारौं यात्रीहरु अव आ–आफ्नो बाटो तताउने भए । यी मेरा सहमित्रहरु अव

आ -आफ्नो घरतिर जाने होलान् प्रबिन मनमनै सोच्न थाल्यो ।

सवाँ पाँच बजेको सेरोफेरोमा होटलको भित्रबाट तल झर्यो प्रबिन । रातभरको अनिदो अनुहारलाईविहानको चिसो हावामा सेकायो । शरिर केही स्फुर्त भएको आभाष भयो । करीव १ किलोमिटरमर्निङ्ग वाक गरी फर्क्यो होटलतिर । ऊ पुग्दा सहपाठीहरु पनि उठेर फ्रेस भइसकेका रहेछन् ।प्रबिनले बन्द फिर्ता भएको खवर सुनायो | तर खै ? कसैको अनुहारमा कुनै उत्साह देखिएन ।प्रबिनले आफ्नो संगीलाई सिधा नजरबाट हेर्न सकेको थिएन | तापनि नजर घुमाउदै हेर्यो । उनकोमृग नयन घायल बघिनीको जस्तो मुखाकृत थियो । नमीठो पाराले बोलिन् उनले | बन्द खुले पो के? नखुलेर पो के ? खाना बस्न पाएका थियौ क्यारे ?

सुरेश र उसकी संगी खिस्स हांसे । प्रबिन नाजवाफ भयो ।

वेटरले चिया ल्यायो | तातो चिया लिन प्रबिन आतुर थियो ।  तर उनीहरुमा कुनै आतुरता देखिएन।

सुरेश र उसको संगी बन्द खुला संगै छुट्टीनु पर्ने विवशतामा झोक्राएको जस्तो लाग्थ्यो भने प्रबिनकोसंगी रातको घटनाबाट शायद आहत थिइन् । प्रबिन बीचमा थियो । उसमा कुनै लेन देन थिएन ।केवल समय र परिस्थितिकोदास थियो ।

छिट्टो उनीहरु संग बिदा लिइ घर फर्कने एक मात्र उद्देश्य थियो उसको । तर मानवीय संम्वन्धविवशता र औपचारिकता बीच प्रबिन हतारै गरी हिडीहाल्न पनि सक्दैनथ्यो | किनकि प्रबिन बाल्यकालदेखि युवा अवस्थासम्मको उसको अभिन्न मित्र सुरेशको आथित्यका लागि त्याहाँगएको थियो ।

बन्द फिर्ता लिएको खवर संगै हप्तौदेखि आफन्त परिवारजनसंगको मिलनलाई ऑखामा राखीप्रतिक्षारत सयौं यात्रुहरु आसपासका होटलबाट खैलाबैला गर्दै बाहिर निस्कन थालेका थिए ।त्यसैबीचमा उनीहरु बसेको होटलको छिमेकी कोठाबाट पनि गेष्टहरु हतार हतारका साथबाहिरिने क्रम शुरु भएको थियो । अनुहारमा खुशीका झलकहरु त्याग्दै सुरेश र उसकी संगी पनिबिस्तारै पलंगमा यत्र–तत्र छरिएका बस्तुहरु, टेलबमा राखिएका मेकअपका सामानहरु झोला भित्रकैद गर्न थाले ।

प्रबिनको संगीले भने सबै सामानहरु पहिल्यै थन्काई सकेकी थिइन् । उनमा बाहिर निस्कने चर्कोव्यग्रता थियो भन्ने कुरा अनुमान लगाउन सहजै सकिन्थ्यो । त्यसमा विभिन्न कारणहरु हुन सक्छन्तर प्रबिनलाई भने ऊ नै एउटा ठूलो कारण हु‘ कि जस्तो भान भएको थियो । पुरुषपात्र भएर पनिएक बयस्क नारीसंग पुरुषत्व देखाउन नसकेकोमा कता कता मनभित्र ग्लानी एवं हिनताबोध भएरआयो भने अर्को तर्फ एक इमान्दार पति एवं अभिभावक भएकोमा गर्वको अनुभूत पनि भएको थियोप्रबिनमा ।

तर मनभित्र जे जस्ता भावनाका तरंगहरु पैदा भएपनि प्रबिनलाई त्यो रात उसको जीवनकोअविष्मरणीय घटना हो भन्ने कुरामा कुनै द्वुबिधा भने रहेन । साथै त्यस्तो सामिप्यता कुनै पनिपुरुषको जीवनमा नआउनुनै राम्रो होला जस्तो लाग्यो ।

प्रबिन गहीरो सोच मा नै डुबिरहेको थियो। रुममा नक् को आवाज आयो । उनीहरु सबैले एकैस्वरमा भित्र आउनुस् भने । होटलवाली साहुनी थिइन् र हास्दै छिरिन् ।  अनि भनिन्

अनि भाइहरु अझै एक दुई दिन बस्ने कि जाने ? अब त बन्द पनि खुल्यो क्यारे ।” उनको प्रश्नमाविविध रागहरु थिए । पात्र पूर्ण सहित आएका पाहुना, अनि निर्लज्ज बन्दको नाममा लुटाई रनेपाली चेली प्रतिको ब्यन्ग्यता एकै चोटी पस्कदै दॉया ऑखा झिम्क्याइन् ।

दुई चार दिन अझै काठमाण्डौं घुमे भैहाल्छनी भाइ बहिनीहरु | आखिर छुट्टी कटाउने नै त हो नि ! उनले संवाद लम्बाउदै भनिन् ।

प्रतिक्रियामा कसैबाट कुनै आवाज निस्केको थिएन । प्रबिन त के नै बोल्न सक्थ्यो र ?

साहुनीको प्रस्तावको जबाफमा प्रबिनको संगीले अलि रुखो पाराले बोलिन् । हैन् दिदी , हिसावगर्नुहोस् | हामी आजै जाने | उनको रोषपूर्ण प्रतिक्रियामा प्रबिन रात कै अतृप्त घटना सम्झन्थ्यो ।शायद उनी त्यही अतृप्त प्यासको लागि आतुर थिइन् घर गाउँमा अर्को झिल्के खोज्न …………।

साहुनी तल झरेको पल भर समय वित्न नपाउदै होटल खर्चको बील माथि आयो । सुरेश र उनकासंगीहरुले हिसाव मिलान गरे ।

प्रबिन भने आमन्त्रित पाहुनाकै दर्जामा बस्यो । करिव ८ बजे उनी हरु होटलबाट बाहिर निस्किएरबसपार्क तिर लागे । नयाँ दिनको नयाँ गन्तब्य खोज्न ।

हप्तौदेखि अनिच्छित रुपमा बसपार्क क्षेत्रमा रोकिएका यात्रुहरु खचाखच थिए । हप्तौदेखि बन्दभएका सवारी साधनका ध्वनीहरुले बसपार्क क्षेत्र गुन्जयमान भएको थियो । यात्रुहरु हतारकासाथ आफ्नो सरसामान एवं बच्चाबच्चीलाई बस भित्र कैद गरिरहेका देखिन्थे । लाग्थ्यो कुनैअनेपेक्षित सन्त्रासका कारण बस्ति नै उजाड हुने गरी मानब जाती अर्कै संसारको खोजीमा जान लागिरहेछ ।

जमघट पनि अचम्मको थियो | सुरेशको जोडी उत्तर रसुवाको, त मित्र सुरेश पश्चिम पोखराको | अनि प्रबिनको संगी पूर्व धरानको | अनि प्रबिन दक्षिण दिशा बसपार्क नजिकै सोर्हखुट्टे क्षेत्रतिरको।

सबैको आ–आफ्नै गन्तब्य थियो । बसपार्कको काउन्टरमा गइ आ–आफ्नै रुटको टिकट लिएँ ।बस चढ्ने लोकेशनको बारेमा गाडीका सहयोगीबाट ज्ञात भयो ।

प्रबिन बाहेक उनीहरु सबैको प्रस्थान समय एउटै थियो सवाँ आठ बजे ।

पलभरमा आ–आफ्नो गन्तब्य अगाल्दै छुट्टिनु पर्ने विवशताका बीच रातको एक बन्द कोठाकापात्रहरु एक अर्कालाई मन्द गतिमा लुब्ध तृष्णाका बीच चिहाइरहेका प्रष्ट देखिन्थ्यो । पूर्व, पश्चिम, उत्तर अनि दक्षिण यात्रा आ–आफ्नै थियो ।

रातको सामिप्यतामा कोही तरंगित हुदै विछोडको बेदनाका छालहरु मुखाकृतिमा छल्किएकोदेखिन्थ्यो त कसैमा रोषपूर्ण नजर र व्यग्र विछोडको परिकल्पना ।

गाडीका सरोकारबाला पात्रहरुले यात्रु संकलन गर्न थाले । उनीहरु सबै विस्तारै आ–आफ्नोमोटर स्याण्ड तर्फ लागे ।

सुरेश गह्रौ मन लिएर पोखराको बसतर्फ, उसकी संगी रसुवाको गाडी तर्फ , प्रबिन र उसको संगीधरानको गाडी तर्फ । उनी अगाडि बढिन् , प्रबिन पछाडि लाग्यो । शायद प्रबिनले उनलाईगाडीसम्म चढाउन जाने कर्तब्य सम्झ्यो ।

उनी मौन थिइन् । प्रबिनलाई कताकता शोकाकुल यात्राको मौन जुलुसमा भाग लिए जस्तो आभाषभएको भयो । क्षणभरमा नै उनीहरु टिकट काउन्टरको पश्चिम तर्फ रहेको धरान बस स्याण्डअगाडि पुगे ।

गाडी स्टार्ट गरेर यात्रुको प्रतिक्षामा रहेछ । गाडीका सहचालकले छिटो चढ्न निर्देश गरिरहेका थिए।

गाडी नजिक पुग्ने वित्तिकै पल समय पनि नरोकी उनी गाडीभित्र छिरिन् । टिकट अनुसार उनकोसीट नं झ्याल संगैको ”ए ५“ थियो । प्रबिन उनको विदाइको ब्यग्र प्रतिक्षामा झ्याल सिधै पेटीमाउभियो । गाडी हिड्ने संकेत गर्दै थियो । उनले झ्यालको कालो सिसा उघारिन् । प्रबिनको नजरउनलाई हेरी विदाइका दुइ शब्द “सि यू” भन्ने प्रतिक्षामा थियो।

तर अपसोच ,झ्यालको खोपबाट रोषपूर्ण नजरका साथ उनले आफ्नो हाते व्यागबाट एक विदेशीचक्लेट निकालिन् र भनिन् “ए बाबु लिउँ यो गुलियो चकलेट, पापा खाऊ ।”

अनायस प्रबिनको हात अगाडि बढ्यो । चकलेट हातमा थमाइन् र कालो सिसा बतासले खुलारहेको घरको खिड्की बन्द गरेझैँ चर्को आवाज सहित बन्द गरिन् । कालो सिसा पर्दा लागे झैलाग्यो । उनी र प्रबिन बीचमा अव झ्यालको कालो सिसा रह्यो । उनलाई प्रबिनले देख्न सकेन ।

बाबु सम्बोधन गरी उनले दिएको त्यो उपहार विदेशी चकलेटलाई एक पल्ट विस्तारी निहालेर हेर्यो। मनमा शंका उपशंका उब्जियो ? हैन यो विशुद्ध गुलियो चकेलेट मात्र हो कि ? अन्य केहीमिसावट छ ?

वा बाबु(बच्चा) लाई यूवक बनाउने चकलेट पो हो कि ? प्रश्न मनभित्रै प्रतिप्रश्न गर्न थाल्यो । त्यो विदेशी चकलेटलाई पुनः एकपल्ट नजर लगायो ।कताकता आफ्नो पुरुषत्व र आत्मसम्मान प्रति प्रश्न गर्यो । आखिर म को हुँ‘ ? एक अवोध चकलेटे बालक या बयस्क पुरुष ? प्रश्नको जवाफमनभित्र नआउदै गाडी अगाडि गुड्यो ।

उसले विदाइका हातहरु हल्लायो ।तर उनको बन्द कालो सिसाको झ्याल खुल्न सकेन । एकोहोरोशून्यतामा हातहरु हल्लिरहेका थिए | बस अगाडि बढ्दै गयो । प्रबिनको नजर अब झ्यालमानगएर गाडीको पछाडि भागको नम्बर प्लेट बोर्डमा अड्किन थाल्यो । जसमा लेखिएको थियो गाडीनं २९५५ ।

गाडीको गतिसंगै उसका नजर धुमिल हुन थाल्यो विस्तारै गाडी नं २९५….क्रमश २९ रोशनी घट्दैविस्तारै २ र शून्यतामा पुग्यो ।

तर त्यो दिनको त्यो गाडी धुमिल आखाँका बीच क्षितिजसगै विलाए पनि उसका मानस्पटलमागहिरो स्मरणमा लीन भयो, गाडी नं २९५५ । गाडी नं २९५५ !

दीपक पन्त

मिल्वाकी , अमेरिका

प्रतिक्रिया