बुधबार, माघ ७ २०७७
काठमाडौं १२:२२
वासिङटन डिसी 01:37

अमेरिकामा एकैदिनमा कोरोनाबाट दुई लाख भन्दा ज्यादा संक्रमित,१,४०४ जनाको मृत्यु

इनेप्लिज २०७७ मंसिर १३ गते १२:११ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५ हजार ५ सय ५७ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले उल्लेख गरेको छ ।

यसै गरि एकैदिनमा १ हजार ४ सय ४ जनाकोमृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । गत शुक्रबार नोभेम्बर २७ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो । लगातार १८ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नया कोरोना संक्रमितहरु थपिदै गइ रहेका छन ।

हाल सम्म कूल १३ करोड ३ लाख १४ हजार मानिसहरु संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४५ लाख ६८ हजार १ सय ८३ पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ६९ हजार ७ सय १५ पुगेको छ ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया