प्रहरी द्वारा राजसंस्थाको न्वारन कार्यक्रममा हस्तक्षेप ।

इनेप्लिज २०७७ मंसिर १३ गते ११:०५ मा प्रकाशित

राकेश कुमार शर्माले कोमामा गएको राजसंस्थाको पुन:जन्म भएको छ भनी बिरगंजमा राजसंस्थाको न्वारन गरेका छन ।

जिल्ला बर्दिया, गुलरिया वडा नम्बर-०५ हाल जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ०२ बस्ने स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माले जिल्ला पर्सा, बिरगंजको घण्टा घरमा आज मंसिर १३ गते शनिबारको दिन राजसंस्थाको न्वारन गरेका छन न्वारन पण्डित राम प्रसाद तिमिल्सिनाले गराएका छन । शर्माको उक्त कार्यले हलचल र उथलपुथल मच्चिएको छ । कार्यक्रममा प्रहरी द्वारा हस्तक्षेप भएको छ र प्रहरीले ब्यानर सम्म खोसेको थियोे।

समयमा संविधान निर्माण नगरेको र प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीहरू, सांसदहरू र राजनीतिक दलहरूका नेताहरूले मुलुकलाई निकास नदिएको भन्दै विभिन्न ठाउँहरुमा ६०१ सभासदको श्राद्द, ८८४ जना सांसदहरूको श्राद्द गर्दै हिंडने, सांसदहरू र राजनीतिक दलहरूका नेताहरूले आजसम्म मुलुकलाई निकास नदिएकोले मुलुकमा सैनिक शासन लागु अर्थात सेनाले नागरिक सरकार गठन गर्नुपर्छ र अब मुलुकको प्रगति, विकास र मुलुकको हित गर्न नेपालमा वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर र किम जोंग जस्ता शासकहरु तेस्रो शक्तिको आवश्यकता भन्दै विभिन्न ठाउँहरुमा पुजा गर्दै हिंडने शर्माले राजसंस्थाको न्वारन गरे राकेश कुमार शर्माको भनाइ अनुसार राजसंस्थाको पुनः जन्म भएको छ । विक्रम सम्वत २०६२/०६३ सालपछि राजसंस्था केही समयको लागी कोमामा गएको थियोे । राजसंस्था कोमामा गएकोले बाँच्छ की बाँच्दैन भन्ने कुनै निश्चित थिएन उनले भने अब कोमामा गएको राजसंस्था बाँचेको छ राजसंस्थाको होस आएको छ सुधार भएको छ । कोमामा गएको राजसंस्थाको पुनः जन्म भएकोले मैले न्वारन गरेको हुँ ।

प्रतिक्रिया