बुधबार, माघ ७ २०७७
काठमाडौं १२:४६
वासिङटन डिसी 02:01

दुङ्जिन् लोपोन रिन्पोछें र गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का अध्यक्ष बीच भेटवार्ता ।

इनेप्लिज २०७७ मंसिर १३ गते ३:५६ मा प्रकाशित

न्यूयोर्क, अमेरिका: दुङ्जिन् लोपोन रिन्पोछें र गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का अध्यक्ष बीच भेटवार्ता ।

दुङ्जिन् लोपोन रिन्पोछें दावा साङ्बो योल्पोमा र गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का केन्द्रीय अध्यक्ष श्री सोमनाथ घिमिरे वीच फाउण्डेशनकै कार्यालय न्यूयोर्कमा भेटवार्ता भएको छ।सो भेटवार्तामा फाउण्डेशन का उपाध्यक्ष श्री सुवर्ण लामा,केन्द्रीय सदस्य एवं महिला संयोजक श्रीमती दावा शेर्पा,केन्द्रीय सदस्य एवं समुदाय प्रबन्ध निर्देशक छिरिङ राप्के लामा र सदस्य श्रीमती सोना याङ्जी शेर्पा लगायतको विशेष उपस्थिती रहेको थियो।

उक्त भेटवार्तामा रिन्पोछें योल्पोमाले लेख्नु भएको बौध्द ग्रन्थ प्रकाशन र न्यूयोर्कमा विमोचन गर्ने सम्बन्धमा व्यापक छल्फल भएको थियो।यसरी भएको भेटवार्तामा फाउण्डेशनको नयाँ कार्यालय स्थापना गर्नुभएकोमा अध्यक्ष सोमनाथ घिमिरे एवं उपस्थित पदाधिकारी हरुलाई रिन्पोछेंले शुभ आशीर्वाद तथा अष्टमङ्गल अंकित खादा सहित हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो।भवतु सर्व मङ्गलम् ।।।

प्रतिक्रिया