प्रदेश नं १ मा २२० कोरोना सङ्क्रमित थपिए, १८८ डिस्चार्ज

इनेप्लिज २०७७ मंसिर १२ गते २२:५३ मा प्रकाशित

विराटनगर,१२ मङ्सिर।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २२० जना कोरोना सङ्क्रमित थपिएका छन्।

उक्त अवधिमा गरिएको ९११ जनाको पिसीआर परीक्षणमा ८९ महिला र १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सङ्क्रमितहरुमा झापामा ८४, मोरङमा ७२ मध्ये विराटनगरमा ४४, सुनसरीमा ३५,संखुवासभामा १०,इलाममा छ, खोटाङमा दुई,उदयपुर र धनकुटामा एक ÷एक र प्रदेश बाहिरका नौ जना रहेका छन्।प्रदेशमा सङ्क्रमितको सङ्ख्या २६ हजार ६७९ पुगेको छ।

प्रदेशमा आज १८८ जना सङक्रमितहरु होम आइशोलेसन र विभिन्न अस्पतालबाट निको भएर घर फर्केका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २१ हजार ६७९ पुगेको छ।

यस प्रदेशमा हालसम्म एक लाख ८८ हजार ७२९ जनाको पिसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ।

प्रतिक्रिया