११० पिण्ट रक्त सङ्कलन

मनोज दाहाल २०७७ मंसिर १२ गते २२:४७ मा प्रकाशित

मनोज दाहाल,

मोरङ,१२ मङ्सिर(रासस): कोरोना महामारीको समयमा विरामीहरुलाई आवश्यक पर्ने रगतको समस्या समाधान गर्न आज यहाँ आयोजित रक्तदानमा ११० पिण्ट सङकलन भएको छ।

नेपाली कांग्रेस खेलकुद विभागले आज यहाँ आयोजित रक्तदान कार्यक्रममा विभिन्न खेलाडी,सर्वसाधारणले ११० पिण्ट रक्तदान गर्नु भएको विभागका केन्द्रीय सदस्य तथा करातेका वरिष्ठ प्रशिक्षक शोभितराज प्रसाईंले बताउनु भयो ।विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले शुभारम्भ गर्नु भएको थियो।

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया