मेरिल्याण्डमा धन्यवाद दिवसमा गोली चल्दा १ को मृत्यु ,२ घाइते
मेरिल्याण्डमा धन्यवाद दिवसमा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मेरिल्याण्ड राज्यको एन अरुनडेल राज्यमा उक्त घटना गत बिहिबार नोभेम्बर २६ का दिन थाङ्क्सगिविङ्ग डे मा घटेको प्रहरीले जनाएका छन ।
बाल्टिमोर सन पत्रिकाका अनुसार सेभर्न शहरको मेड भिलेज भन्ने ठाउँमा भएको जनाएको छ भने प्रहरीले संदिग्धको खोजी गरि रहेका छन् । उक्त गोलीबारी दिउसो करिव २ बजे भएको हो ।
उक्त गोलीबारीमा एक जनाको घटना स्थल मै निधन भएको थियो भने अर्कोलाई बाल्टिमोर वाशिंगटन मेडिकल सेन्टरमा लागिएको छ । यसै गरि तेश्रो पीडितलाई बिहिबार साँझ अस्पताल भर्ना गरिएको छ भने उनीहरुको अवस्था बारेमा जानकारी नभएको उक्त पत्रिकाले उल्लेख गरेको छ ।
प्रहरीका अनुसार उक्त घटना बास्केटबल (टोकरी भकुण्डो)खेल्ने मैदानमा भएको जनाएका छन् । एन अरुनडेल प्रहरीका अनुसार पीडितहरु गम्भीर रुपले घाइते भएको र गोली चलाउनेले उनीहरुलाई लक्षित गरेर गोली चलाईएको बताएका छन् ।
श्रोत :डब्लुटिओपी
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया