नेपालमा एकैदिनमा १७०३ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ मंसिर १२ गते ११:४८ मा प्रकाशित


नेपालमा एकैदिनमा १ हजार ७ सय ३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । उक्त पछिल्लो २४ घण्टामा देशभर थप उक्त संख्या पुष्टि भएको हो । यसै गरि काठमाडौँ उपत्यकामामात्र ८ सय २२ जना संक्रमित थपिएका छन् । जस मध्ये ४ सय ४३ जना पुरुष र ३ सय ७९ जना महिला रहेका छन् ।

अहिले काठमाडौँ, भक्तपुर, ललितपुर, झापा र कास्कीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । मनाङ र डोल्पा संक्रमणमुक्त भएको छ ।

बिगत २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको कूल संख्या १ हाजर ४ सय ३५ रहेको छ ।

१० हजार ४ सय ६० जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ७ जना पुरुष र ६ सय ९६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । नेपालमा कूल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

यो अवधिमा १२ सय ३६ जना निको भएका छन् । हालसम्म नेपालमा कूल २ लाख १० हजार ६ सय ७१ जना निको भइ सकेका छन् । नेपालमा निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।

संक्रमित मध्ये १० हजार ९ सय ४४ जना गृह एकान्तवास (होम आइसोलेसन)मा छन् भने ३ सय ५४ जना सघन कक्ष (आइसीयू )तथा ५४ जना वायू प्रवाहक (भेन्टिलेटर)मा उपचार भै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया