बुधबार, माघ ७ २०७७
काठमाडौं १२:४३
वासिङटन डिसी 01:58

टेक्ससकी सौन्दर्यविद मन्जु दुलाल एक प्रतिष्ठानमा जुनियर ब्रान्ड राजदूतमा मनोनित

विजय थापा २०७७ मंसिर ११ गते २३:२१ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको अस्टिनमा बस्दै सौन्दर्यविद मन्जु दुलाललाई एक प्रतिष्ठानले कनिष्ठ मार्का दूत (जुनियर ब्रान्ड राजदूत)मा मनोनित गरेको छ ।

उनलाई टेक्ससको अस्टिन शहरको लागि मनोनित गरेको हो ।

उनलाई उक्त पदमा मनोनयन गरे पछि विरानी कम्पनि एण्ड युएसए डिजिटल मिडिया स्टुडियो नामक पत्रिकालाई धन्यवाद दिएकी छिन । उनले विदेशमा पनि यसरी आफू र आफ्नो कामको मुल्यांकन गर्दै हौशला प्रदान गरेकोमा हर्ष व्यक्त गरेकी छिन । उक्त प्रतिष्ठानले बिश्वब्यापी रुपमा अङ्किय पत्रिका युनिभर्सल इनह्यान्स क्रिएटर्स नामक पत्रिका प्रकाशन गर्दछ ।

जसले सौन्दर्य,भेषभूषा ,सुन्दरी प्रतियोगिता ,नमुना (मोडल),मनोरञ्जन, चलचित्र निर्माण आदी इत्यादी कार्यक्रमलाई एक मंच प्रदान गर्दछ । सौन्दर्यविदको मंजुको टेक्सस अस्टिनमा टच सेलुन नामक सौन्दर्य व्यवसाय संचालनमा छ ।

२० बर्ष अगाडी देखि नै यस पेशामा संलग्न दुलाल नेपाल देखि नै आफ्नो पेशागत हकहित र यस पेशालाई मर्यादित र प्रवर्द्धन गर्न कम्मर कसेर लागि रहेकी छिन ।

नेपालमा हुँदा उनि सौन्दर्य कला व्यवसायी संघको संस्थापक सचिव रही काम गरि सकेकी छिन भने नेपाली कांग्रेस ट्रेड युनियन अन्तर्गत नेपाल ब्युटिसिएन युनियनकि संस्थापक अध्यक्ष पनि हुन् ।

काठमाडौँ निवासी दुलाल नेपालमा जुन पेशामा संलग्न थिइन् भने यहाँ पनि त्यही पेशामा अंगाल्ने एक अनुभवी र क्षमतावान पाखुरी चलाई गरि खाने क्रियाशील महिला हुन् । उनले अमेरिकामा बस्नु हुने र इच्छा हुने नेपाली दिदीबहिनीहरुलाई सौन्दर्य व्यवसायमा लाग्न समेत अनुरोध गरेकी छिन ।

उनले सौन्दर्यमा लाग्ने दिदीबहिनीहरुलाई समेत सक्दो सहयोग गर्ने बताइन ।

प्रतिक्रिया