सामा-चकेवा पर्वको महत्व तथा इतिहास
कन्चन चौधरी । यो सामा चकेवा पर्वको सुरुवात द्वापर देखि सुरुवात भएको पाइञ्छ श्री कृष्णको छोरीको नाम शामा र छोराको नाम चकेवा हो भन्ने मान्यता छ । पुराणमा उल्लेख भए अनुसार सामाले कुनै गल्तिको सजाएको रुपमा चरी हुनुपर्यो जुन गल्ति सामाले गरेकि नै थिईनन ।
र ,चरीबाट मान्छे बनाउनलाई सामाको भाइ चकेवाले धेरै मेहनत र कोशिश गरेर पूजाआजा गरेर चरीमा परिणत भएकी आफ्नी बहिनीलाई फेरि मान्छेको रुप मा पुन:परिणत गर्न सफल भए ।
त्यही दिन देखि बैनी सामाले भाइ चकेवाको लागि पूजा गर्न थालिन र सामा पर्वको सुरुवात भयो । यो सामा-चकेवा पर्वको मिथिलामा धेरै नै महत्व छ। नेपालको तराई भूभाग र भारतको बिहार,युपी,मिथिलाको सबै भूभागमा पनि यो पर्व धुमधामका साथ मनाइञ्छ ।
यो सामा-चकेवा मा माटोको सामा ,चकेवा, चुगला,सत्भैया अनि वृन्दावन बनाइन्छ । बाँसको डालीमा राखेर दियो बालेर दिदीबहिनीहरुले त्यो डाली घुमाएर लोकगीत गाउदै खेल्छन ।
यो पर्व कार्तिक महिनाको सातौ दिन देखि सुरु गरिन्छ र कार्तिक पुर्णिमाको दिन सम्म खेलिने गरिन्छ । अनि पुर्णिमाको दिन सामालाई खेतमा लगेर बिसर्जन गरिन्छ र भाइको पूजा गरिन्छ । यो सामा-चकेवा पर्व भनेको दाजुभाई दिदीबहिनी
बीचको प्रेम र बिस्वास देखाउने र सम्बन्ध बलियो बनाउने पर्व हो ।
यो पर्वमा सबै दाजुभाई दिदीबहिनीले एकदम हर्ष र उल्लाशका साथ मनाउछन । रमाइलो लोक गीतहरु जुन कि दाजुभाईलाई आशिष दिने खालका हुन्छन गाउने गर्छिन र यो पर्वको बिशेषता के छ भने बिहे भएका दिदिबहिनिहरु पनि यो बेला माइती आएर यो पर्व धुमधाम ले मनाउने गर्छन ।
आफ्नो सबै दुखपिर बिर्सेर खुसिका साथ यो पर्व मनाउने चलन छ जसले गर्दा दाजुभाई दिदीबहिनी र परिवारको बीचको प्रेम पनि प्रगाढ हुन्छ । यो सबै संस्कृतिहरु हाम्रो धरोहर हो जुन कि धेरै नै महत्व राख्छ । र ,हामीले आफ्नो संस्कृतिलाई जहिले अनि सम्हाल्नु पर्छ ।
नेपाल एउटा यस्तो हिन्दु संस्कृतिहरुको खानी हो जहाँ हामीले सबै किसिमका संस्कृति हेर्न र सिक्न सक्छौ ।
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया