शनिबार, माघ ३ २०७७
काठमाडौं ०२:१०
वासिङटन डिसी 15:25

डिज्नीले ३२ हजार कर्मचारीहरु छाँटकाँट गर्ने योजनामा

इनेप्लिज २०७७ मंसिर ११ गते २०:३८ मा प्रकाशित

बिश्वकै चर्चित र मानिसहरुलाई अत्यधिक मनोरंजन प्रदान गर्ने डिज्नीले ३२ हजार कर्मचारीहरु छाँटकाँट गर्ने योजनामा गरेको संचार माध्यमहरुले प्रमुख महत्वका साथ समाचार प्रकाशित गरेका छन् ।

वाल्ट डिज्नी कम्पनि(प्रतिष्ठान)ले आगामी मार्च सम्म त्यति मात्रामा कर्मचारीहरुलाई बिदा दिने बुझिएको छ ।

त्यस भन्दा अगाडी २८ हजार कर्मचारीलाई कोरोना भाइरसको महामारीमा हटाउने भएको थियो । गत बुधवार अमेरिकी सुरक्षा र विनिमय (एक्सचेन्ज) आयोगमा दर्ता गरिएको अभिलेखमा थप ४ हजार सहित ३२ हजार कर्मचारीहरुलाई छाँटकाँट गरिने खुलासा भएको छ ।

डिज्नीका हाल २ लाख २३ हजार कर्मचारीहरु छन् । भविष्यमा पनि यसको लाभांश हटाउन गर्न बाध्य हुन सक्छ ,निवृतिभरण र सेवानिवृत्ति चिकित्सा योजनामा ​​योगदान दिन घटाउन वा नदिन सक्ने भनि चेतावनी दिएको छ । यसले दूरदर्शन र चलचित्र निर्माणमा लगानी घटाउन सक्छ र अझ बढि कर्मचारीहरूलाई निकाल्न सक्ने उल्लेख गरेको छ ।

“यीमध्ये केही उपायले हाम्रो व्यवसायमा प्रतिकूल असर पार्न सक्छ,” डिज्नी (डीआईएस) दर्ता गरिएको कागजातमा उल्लेख गरेको छ ।

महामारीले डिस्नीको पार्क व्यवसायलाई शक्तिशाली रुपमा प्रहार अर्थात् हानी गरेको छ । कम्पनीलाई क्रूज जहाजको यात्रालाई स्थगित गर्न र “बाल्क विडो ” जस्ता प्रमुख चलचित्र प्रदर्शनमा ढिलाइ गर्न बाध्य गरिएको छ जुन यस बर्षको सबैभन्दा ठूलो ब्लकबस्टर(अत्यधिक सफल चलचित्र) हुने अपेक्षा गरिएको थियो।

दक्षिण क्यालिफोर्निया स्थित डिज्नील्याण्डमा कर्मचारीहरु घटाउदै गएको छ भने फ्लोरिडाको थिम पार्क सामाजिक दूरी कायम गर्दै पुन:खोलिएको छ । यसका अन्य देशमा रहेका शाखाहरु फ्रान्समा पनि दोश्रो महामारीको चपेटाले गर्दा बन्द गर्न बाध्य भएको छ ।

यता एसियामा शंघाई,हंगकंग र टोक्योमा रहेका डिज्नी खोलिएका छन् ।

श्रोत : सिएनएन/न्यु योर्क पोस्ट डटकम

 

प्रतिक्रिया