शनिबार, माघ ३ २०७७
काठमाडौं ०२:००
वासिङटन डिसी 15:15

न्यूयोर्कमा धार्मिक जमघटमा लगाएको प्रतिबन्ध सर्वोच्च अदालतद्वारा फुकुवा

इनेप्लिज २०७७ मंसिर ११ गते १६:०६ मा प्रकाशित

अमेरिकी सर्वोच्च अदालतले गत बुधबार न्यु योर्क राज्यले कोरोनोभाइरस ज्यादा प्रभावित क्षेत्रमा जमघट गर्ने कार्यलाई प्रतिबन्ध लगाएकोमा इसाई र यहूदी पूजा स्थललाई समर्थन गर्ने नयाँ प्रतिबन्धलाई चुनौती दिएको छ।

अदालतले ५-४ ले फैसला गर्दै ब्रूकलिनको रोमन क्याथोलिक डायोसीज र दुई कट्टरपंथी यहूदी धार्मिक समाजले गरेको अनुरोधको पक्षमा निर्णय गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्ति गरेका न्यायाधिश एमी कोनी ब्यारेटले धार्मिक समूह पक्षमा मतदान गरेकी थिइन् ।

पुरातनवादी प्रमुख न्यायाधिश जोन रोबर्ट्सले अदालतका ३ उदारवादी न्यायाधिशहरुसंग असहमत भएका थिए । न्यू योर्कका गभर्नर एन्ड्र्यू कुमोको गत अक्टुबर ६ मा निर्णय गरि संक्रमण फैलिएको लक्षित क्षेत्रहरूमा गैर जरूरी व्यवसायहरू केही ब्रूक्लिन छरछिमेकमा बन्द गरेका थिए ।

यो धार्मिक संस्थामा केहि क्षेत्रहरुमा १० र अरुमा २५ जना सम्म भेला गर्ने पाइने भएको थियो । अक्टोबर ९ मा ब्रुकलिनका एक संघीय न्यायाधीशले धार्मिक समूहहरूले गरेको छुट्टै अनुरोधलाई अस्वीकार गरेका थिए । गत नोभेम्बर ९ मा न्यूयोर्कको दोस्रो अमेरिकी अपील सर्किट अदालतले दुवै मुद्धा दायरकर्ताहरूद्वारा दायर गरेको आपतकालीन अनुरोधहरूलाई अस्वीकार गरेको थियो ।

गत वर्षको दुई मुद्दामा नेभादा र क्यालिफोर्नियाका गिर्जाघरहरुले हालेको मुद्धालाई पनि अदालतले ५-४ ले खारेज गरेको थियो ।

श्रोत :रोयटर्स/ हफपोष्ट

प्रतिक्रिया