शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०२:०९
वासिङटन डिसी 16:24

प्रदेश नं १ का तीन मन्त्रालयले सीपमुलक तालीमलाई एकरुपता दिने

इनेप्लिज २०७७ मंसिर ११ गते १४:३३ मा प्रकाशित

विराटनगर,११मंसिर।प्रदेश नं १ का तीनवटा मन्त्रालयले सञ्चालन गर्ने सीप मुलक तालीमलाई एकरुपता दिने निर्णय आज भएको छ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आज भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयवीच भएको छलफलमा सीपमुलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालीमलाई एकरुपता दिनेगरि मन्त्रालयवीच छलफलमा उक्त निर्णय भएको हो।

प्रदेश स्तरमा उद्यमशिलता सम्वन्धी तालीम सञ्चालन गर्दा दोहोरोपना आउने गरेकाले त्यसलाई हटाउने गरि तीनवटा मन्त्रालयवीचमा छलफल गरिएको सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखाका शाखा अधिकृत प्रदीप गौतमले बताउनुभयो।
उहाँले अनुसार चालु आर्थिक बर्ष २०७७ः७८ मा तीनवटा मन्त्रालय, सङ्घको सशर्त र प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् ( सिटिईभीटी) ले तालीमका लागि करिव रु ३० करोड बजेट विनियोजन भएको जानकारी दिनु भयो।

कोरोना सङ्क्रमणका कारण सवै तालीम सञ्चालन गर्न नसकिने र सञ्चालित तालीममा पनि दोहोरोपना हटाउन र पारदर्शीता अवलम्वन गरिने छ।

सामाजिक विकास मन्त्रालयको संयोजकत्वमा तीनवटा मन्त्रालयको महाशाखा प्रमुख सदस्य रहने गरि कार्यदल गठन गर्नुका साथै तालीम सञ्चालनको खाँका तयार गर्ने जिम्मेवारी समेत दिईएको छ।

कार्यदलको सुझाव अनुसार नीतिगत रुपमा कार्यक्रम सञ्चालनको मार्गदर्शन तयार गरिएको शाखाका अधिकृत गौतमले बताउनु भयो।छलफलमा सामाजिक विकास मन्त्री घिमिरे, राज्यमन्त्री जसमाया गजमेर,भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर,उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया