बुधबार, माघ ७ २०७७
काठमाडौं १३:३९
वासिङटन डिसी 02:54

शेर्पा संघ अमेरिकाको अध्यक्षमा आङ जाङ्बु शेर्पा निर्बाचित

इनेप्लिज २०७७ मंसिर ११ गते १३:४१ मा प्रकाशित

शेर्पा संघ अमेरिकाको दोश्रो अधिबेसनले आङ जाङबु शेर्पाको नेतृत्वमा नया कार्य समिति चयन गरेको छ । संघको दोश्रो अधिबेसन भर्चुल अनलाइनको माध्यामबाट सम्पन्न भए लगतै निर्विरोध निर्वाचित कार्यसमितिलाई बौद्धधर्म गुरु टुल्कु उर्गेनको उपस्थितिमा शेर्पा किदुग गोम्पामा सपथ कार्यक्रम भएको थियो ।

कार्यसमितिको बरिष्ठ उपाध्याक्षमा पासाङ दोर्जी शेर्पा, उपाध्याक्षमा स्याङबु शेर्पा, महासचिवमा दाजिमा शेर्पा, सचिवमा पेम्बा गिर्मे शेर्पा र कोषाध्याक्षमा निलु शेर्पा र प्रबक्तामा डोल्मा शेर्पा निर्विरोध निर्वाचित भएको छ ।

त्यसैगरि बोर्ड अफ डाइरेक्टरहरुमा सांगे शेर्पा, छिरिङ डब्लु लामा शेर्पा, वाङगेल शेर्पा र डोल्मा शेर्पा निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित आङ जाङबु ,शेर्पा किदुग अमेरिकाको पुर्व महासचिव, विश्व शेर्पा संघको सस्थापक महासचिव, एनआरएन टुरिजम ट्रेडको संयोजक तथा आदीवासी जनजाती महासंघ अमेरिकाका सल्लाहकार हुन्। कार्य समितिको कार्यकाल २ बर्ष रहनेछ।

शेर्पा संघ अमेरिकामा अमेरिका राजनीतिक चेतनाको बिकास तथा सहभगिता लगायतको गतिबिधि गर्न पाउने गरी दर्ता भएको सस्था हो।

प्रतिक्रिया