प्रदेश १ मा २०७ जना सङ्क्रमित थपिए, २०२ डिस्चार्ज

इनेप्लिज २०७७ मंसिर ११ गते १३:३२ मा प्रकाशित

विराटनगर,११ मङ्सिर।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा २०७ जना कोरोना सङ्क्रमित थपिएका छन्।सोमध्ये ९५ जना महिला छन्।

थपिएको सङ्क्रमितमा मोरङमा ७२ मध्ये विराटनगरमा ४८,झापामा ६७, सुनसरीमा ३९,इलाममा सात,उदयपुरमा पाँच,पाँचथर र धनकुटामा तीनतीन, संखुवासभामा एक र प्रदेश बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयबाट प्राप्त जानकारी अनुसार यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार ४५९ पुगेको छ भने आज २०२ जना सहित अहिलेसम्ममा २१हजार ४९१ जना निको भएर घर फर्किसकेका छन्।

आज डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट १९६,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट तीनतीन जना छन्।कोभिडको उपचारमा खर्च धेरै लाग्ने भएकोले पछिल्लो समयमा सङ्क्रमित मानिसहरु घरमै बसेर उपचार लागेको देखिन्छ।

सो अवधिमा ८२० जना सहित अहिलेसम्ममा कुल एक लाख ८७ हजार ८१८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया